३१ बैशाख २०८१, सोमबार | May 13, 2024

आज अवधि समुदायले गुडिया पर्व मनाउदै



खजुरा । आज साउन शुक्लपक्ष नागपञ्चमी पर्व । पश्चिम नेपालको तराईका जिल्लामा बसोबास गर्ने अवधि समुदायले नाग पर्वलाई ‘गुडिया’ पर्वका रुपमा मनाउने गर्दछन् ।

यो पर्व अवधि समुदायको मुख्य पर्वको रुपमा लिइन्छ । आजको दिन सो समुदायले घरपरिवार, आफन्त, टोल छिमेक सबै मिलेर विशेष धुमधामका साथ सो पर्व मनाउदछन् ।

गाउँ टोलका विशेष गरी अगुवा बिहानै नुहाएर घरको वरिपरि गाईको गाबेरले चिन्हो तानेर मोटो लाइन बनाउने गर्दछन् । यसलाई गोबर चक्र भनिन्छ । सो चक्रले घरमा सर्पलाई आउनबाट रोक्ने यहाँ धार्मिक विश्वास रहिआएको छ ।

यसपछि दूध र चनाको घुघरी (भिजाएको काँचो चनाबाट बनाइएको परिकार) नाग देउता र गाउँ नजिकै रहेको थान देउतामा चढाइने गरिन्छ । योसँगै घरको ढोकामा नाग टाँसेर पूजा पनि गरिन्छ ।

यस दिन सबैको घरमा खाने परिकारअन्तर्गत चनाको घुघरी बनाइने गरिन्छ । यसका साथै पुरी, तरकारी, खिर, अचार, गुल्गुला यो पर्वको मुख्य परिकार हो । यो पर्वमा विवाहित छोरीलाई घुघरी पठाउने चलन पनि छ । घुघरीमा चना, चामल, भेली मिठाई, र आवश्यक कपडा लत्तासहितको गठरी सामाथ्र्यअनुसार भाइ वा बाबुले गठरी बाँधेर छोरीको घरमा लग्ने परम्परा रहेको वरिष्ठ अवधि साहित्यकार सच्चिदानन्द चौबेले जानकारी दिए ।

यस पर्वमा छोरी बोलाउने तथा लिन जाने गरिन्छ । गाउँघर, टोल समुदायमा पिङ (झुला) हाल्ने गरिन्छ । युवायुवती गितसङ्गीत गाएर पिङ खेल्ने चलन छ । आजका दिन अवधी समुदायमा कजरी गाउने चलन रहेको छ । आजकै दिन दिदीबहिनीले बनाएका कपडाका गुडियालाई नदी वा ताल पोखरीको छेउमा बिसर्जन गर्ने र दाजुभाईहरुले गुडियामाथि लाठी हान्ने चलन समेत रहेको छ । साँझ सबै युवतीले कपडाको गुडिया बनाएर भुइँमा हाल्ने र युवाले लठ्ठीले गुडिया पिट्ने गरेको अवधि अगुवा पण्डित शिवप्रसाद पाठकले बताए ।

उहाँका अनुसार यस दिन सबैको घरमा मिठोमिठो खानेकुरा पकाइने गरिन्छ । यस दिन घरमा पाहुनालाई बोलाइ सेवा सत्कार गरिन्छ । यो पर्व समुदायमा आदि कालबाट चलिआएको पाठकले बताए । उनले भने, “ हामी सबै भगवान्लाई देउताको रुपमा मान्ने गर्छौं । सूर्य, चन्द्रमा, नदी, पृथ्वी, गाई, रुख, हावापानी, सर्प, बाँदल, अन्नपात, वन, जङ्गल, पहाड, समुद्रजस्ता प्रकृतिबाट उत्पन्न वस्तुलाई देउता सामान मानिन्छ । सबै देवरुपमा रहेका छन् । यसलाई समय समयमा पूजा गर्नुपर्छ । ”

यस पर्वमा जाँदुगर (मदारी)ले घर घरमा गएर सर्प देखाइ गरेर सिधा लिने पनि गरेको पाइन्छ ।

स्वास्थ्यको हिसाबले बर्सातको मौसममा हिलो, माटो, गोबर, खेतीपातीको काम गरेर शरीरको तन्दुरस्ती कम भएको हुन्छ । त्यसलाई पूर्ति गर्न यस पर्वमा चनाको घुघरी (गेँडागुडी पोषिलो खान) खाएर शरीरलाई बलियो बनाउने परम्परा रहेको छ ।

अवधीमा उखान छ, ‘चना सवसे मरदाना अनाज होय, इसे मरदाङ्गगी पैदा होत है । ’ गुडिया पर्वको धार्मिक सम्बन्ध पनि छ ।

सर्प सत्रु नभएर घर र खेत–खरिहानमा रहेका मुसा, छेपारो, गिरगट्टो, भ्यागुता आदि जनावरलाई खाने गर्दछ । सर्पलाई दूध र चना खुवाउने गरिन्छ । परापूर्वकालबाट गुडिया र होली पर्व एकै दिनमा पर्ने गर्दछन । यसैले भन्ने गरिन्छ, ‘नाग फाग एकै दिन’ सबै चाडपर्व समुदायमा मेल सद्भाव, शान्ति, भाइचारा कयम गर्ने पर्वको रुपमा लिइएको छ । अवधीभाषमा उखान छ ‘गुडिया ढुढेंरीमा समधी दमादका ना बोलावा जाय तौ कब बोलावा जाय । ’ रासस

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  १० : ३२ बजे

सीमा नाका शिल भएका बेला बिदा/काज नलिई बाँकेका प्रजिअले एकाएक जिल्ला छाडे

नेपालगन्ज । सरुवा भएर आएकै दिनबाट फेसबुकमा छाएका बाँकेका प्रमुख

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव सरकारबाट बाहिरिए

काठमाडौं। उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका

सरकारको नीति तथा कार्यक्रमको प्रस्तुति अन्योलमा, परामर्शमा सभामुख

काठमाडौं। मंगलबार संसदको संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा

नारायणी नदीमाथि बन्ने सिग्नेचर पुलको शिलन्यास

चितवन । चितवनको नारायणघाट र नवलपुरको गैंडाकोट जोड्ने नारायणी नदीमाथिको

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति