४ पुस २०८२, शुक्रबार | December 19, 2025

साधना लघुवित्तको साधारण सेयर आज बाँडफाँड हुँदै



काठमाडौं । साधना लघुवित्तले जारी गरेको आइपीओ असार २९ गते सोमबार बाँडफाँड हुने भएको छ। आइपीओ साँझ पाँच बजे बाँडफाँड हुने ग्लोबल आइएमई क्यापिटले जनाएको छ ।

लघुवित्तले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको थियो जसमा ४ लाख ५५ हजार ७ सय २७ जनाले १ करोड ११ लाख ८७ हजार ९ सय ६० कित्ताका लागि आवेदन दिएका छन्।

कुल शेयरमध्ये ०।५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि र बाँकी ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको थियो।

आइपीओमा आवेदन गर्ने आवेदकमध्ये १५ प्रतिशतले मात्र शेयर पाउने भएका छन् । इक्रा नेपाल लिमिटेडले कम्पनीको आईपिओलाई ग्रेड ४ रेटिङ दिएको छ । आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  १२ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको