९ भदौ २०८३, मंगलबार | August 26, 2026

बाँकेमा असारमै सकिँदै रोपाइँ



नेपालगन्ज । बाँकेमा यस वर्ष समयमै रोपाइँ भएकाले धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले करिब ९० प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिए । “आकाशे पानी र सिक्टा सिँचाइको पानीले समयमा रोपाइँ भएकाले यसवर्ष धानको उत्पादन बढ्ने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “यस वर्ष असारमै रोपाइँ सकिने भएको छ ।”

उनका अनुसार गत वर्ष एक कठ्ठा क्षेत्रफल रहेको खेतमा एक क्वीन्टल १५ किलो धान फलेकामा यस वर्ष औसतमा एक कठ्ठामा डेढ क्वीन्टलसम्म धान फल्ने अनुमान गरिएको छ । यहाँ ३६ हजार ५०० हेक्टरमा रोपाइँ हुन्छ ।

विगतका वर्षमा साउन महिनाको अन्तिमसम्म रोपाइँ हुने भए पनि यस वर्ष असारको अन्तिमसम्म अधिकांश रोपाइँ सकिने भएको छ । जिल्लाको जानकी, खजुरा, राप्ती सोनारी र बैजनाथ गाउँपालिका क्षेत्रमा रोपाइँ सकिएको छ ।

किसानले यस वर्ष पनि राधा–४, सुख्खा–३, सावित्री, मन्सुली, रामधान जातको धान रोपाइँ गरेका छन् । खजुरा गाउँपालिका–२ का अगुवा कृषक अर्जुन उप्रेतीले यस वर्ष आकाशे पानी परिरहेका कारण बेलैमा रोपाइँ सकिएको बताए ।

धानखेती हुने ३६ हजार ५०० हेक्टर जमिन मध्ये करिब १३ हजार ७०० अर्थात् करिब २५ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा छ । सिँचाइ सुविधा नहुँदा किसान वर्षेनी आकाशेपानीको भरमा धानखेती गर्न बाध्य छन् । यस वर्ष सिक्टा सिँचाइले परीक्षणको रुपमा छोडेको पानीले किसानलाई धेरै राहत पुगेको कोहलपुरका समाजसेवी एवं राजनीतिज्ञ सूर्य ढकालले जानकारी दिए ।

सिक्टा सिँचाइ आयोजनाका निर्देशक लोकबहादुर थापाले धान रोपाइँलाई मध्यनजर गर्दै पश्चिमी मूल नहरको जेठी नालासम्म र पू्र्वी नहरको साविक राजकुलोबाट विभिन्न शाखा तथा प्र–शाखा नहरमार्फत किसानको खेतबारीमा पानी पुगेको बताए। उनका अनुसार पश्चिमी मूल नहरअन्तर्गत रहेका सिधनिया, डुडुवा र जेठी नाला शाखा र पू्र्वी नहरको साविक राजकुलो सिँचाइको पुरानो नहर हुँदै किसानको खेतबारीमा पानी छाडिएको छ ।

“हामीले वैशाख पहिलो हप्तादेखि नहरमा नियमित पानी छाडेका छौँ, जेठ १५ पछि क्रमशः विभिन्न शाखा र प्रशाखाबाट किसानको खेतवारीसम्म पानी पु¥याउने काम भइरहेको छ,” उनले भने “आयोजनाको सिँचाइ लक्ष्यको करिब आधा जसो क्षत्रफलमा सिक्टाको पानी पुगेको छ ।”

अहिलेको अवस्थामा पश्चिमी मूल नहरअन्तर्गत डुडुवाको पुरानो नहर र केही नालामा राखेर १५ हजार हेक्टर र पूर्वी नहरअन्तर्गत राजकुलो सिँचाइको पुरानो नहरमार्फत १ हजार हेक्टर गरी १६ हजार हेक्टरमा धानखेतीलाई सहजै सिँचाइ दिन सकिने उनले जानकारी दिए ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  २ : ५७ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त