२२ पुस २०८२, मंगलबार | January 6, 2026

आजको मौसम : सातवटै प्रदेशमा बिहानैबाट वर्षा, कोशी र मधेसमा दिउँसो भारी वर्षाको सम्भावना



काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

कोशी, मधेस, गण्डकी र बाग्मती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागले दिउँसो कोसी, मधेस र बाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस र बाग्मती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज राति कोसी, मधेस र बाग्मती प्रदेशमा सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ । बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार शनिबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू-भागमा रहेको न्यूनचापीय क्षेत्र र बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ७ : १७ बजे

वीरगञ्जमा कर्फ्यू हट्यो, पाँच बुँदे सर्वपक्षीय सहमति

वीरगञ्ज । वीरगञ्जमा हिजोसाँझदेखि लगाईदै आएको कर्फ्यू हटाइएको छ ।

इरानमा प्रदर्शन हिंसात्मक, ३५ को मृत्यु

दुबई । इरानमा आर्थिक कठिनाइविरुद्ध भइरहेको विरोध प्रदर्शनका क्रममा भएको

काठमाडौंको गौरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, सिनामंगल गैरीगाउँस्थित एक काठ गोदाममा मंगलबार दिउँसो आगलागी भएको

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

काठमाडौं । सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजार बढी