४ जेष्ठ २०८१, शुक्रबार | May 18, 2024

तिलोत्तमामा जारी जेसिज क्षेत्र ‘घ’ को सम्मेलनमा पुन: लफडा : प्रहरी लगाएर महिला प्रतिनिधीलाई घिसार्दै निकालियो बाहिर



बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन पुन: तनावग्रस्त बनेको छ । क्षेत्र ‘घ’ अन्तरगत शुक्रबारदेखि जारी सम्मेलनमा महिला प्रतिधिलाई प्रहरीको बल प्रयोग गरी घिसारेर कार्यक्रमस्थलबाट बाहिर निकालिएको छ । विवादपछि शुक्रबारदेखि नै बाक्लो रुपमा प्रहरी परिचालन गरी कडा सुरक्षा बीच सञ्चालन गरिएको सम्मेलनमा धनगढी लेडी सेसिजकी अध्यक्ष सरिता साउदलाई सभाकक्षबाट घिसारेर बाहिर निकालिएको थियो ।

जारी सम्मेलनमा रुपन्देहीको सिद्धार्थ लेडी जेसिज र धनगढी लेडी जेसिसमा उत्पन्न विवाद समाधान नगरी आयोजकले एकपक्षीय ढंगले प्रतिनिधित्व गराएको भन्दै विरोध जारी छ । सम्मेलनमा असन्तुष्ट पक्षलाई आधिकारिकता नभएको भनि आयोजकले प्रवेशमा रोक लगाएको छ ।

विगत ३ वर्षदेखि विवाद भएको सिद्धार्थ जेसिजमा समस्या समाधान नगरी आफूहरुलाई प्रतिनिधित्व गर्न नदिएपछि असन्तुष्ट पक्षले बिरोध गरेका छन् । नेपाल जेसिजको नेतृत्वले व्यक्तिगत स्वार्थ अनुसार सिद्धार्थ लेडी जेसिजको अध्यक्षमा विष्णु पाण्डे हुनुपर्नेमा गीता बन्जाडेलाई अध्यक्ष बनाइएको भन्दै पूर्व अध्यक्ष रचना क्षेत्रीले जानकारी दिइन ।

बिष्णु पाण्डे समूहले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमाणपत्र तथा अन्य विभिन्न आवश्यक कागजात देखाउँदै पूर्व अध्यक्षको समर्थनसहित आफूहरु नै आधिकारिक भएको दाबी गर्दै आएको छ । यद्यपी नेपाल जेसिसले बन्जाडे नै आधिकारिक भएको भनि असन्तुष्ट पक्षलाई कार्यक्रममा सहभागी हुनबाट रोक लगाएको हो । नेतृत्वले विवाद समाधान गर्नुको साटो अनाधिकृत समूहलाई मान्यता दिने तर आधिकारिक समुहबाट रजिष्ट्रेसन शुल्क उठाएर पनि सहभागी हुन नदिएको क्षेत्रीले बताइन् । सिद्धार्थ लेडी जेसिजमा २०२० देखि नै विवाद कायम रहेको छ ।

यसैगरि धनगढी लेडि जेसिजमा पनि ३ वर्षदेखिको विवाद समाधान नगरी एक पक्षीय रुपमा प्रतिनिधित्व गराएको भनि बिरोध भएको छ । धनगढी लेडि जेसिजमा सरिता साउद आधिकारिक नेतृत्व भएपनि पवित्रा पाण्डेको समूहलाई एक पक्षीय रुपमा प्रतिनिधित्व गराइएको भनी बिरोध भएको छ । नेपाल जेसिजका अध्यक्ष बिकास मानन्धरले आफू महासचिव हुँदा मान्यता दिएको समितिलाई अहिले आएर मान्यता नदिनु गलत भएको सरिता साउदले बताइन् ।

तिलोत्तमा जेसीजको आतिथ्यतामा शुक्रबारदेखि मणिग्राम स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा जारी सम्मेलनमा देशभरबाट करिब १ हजार बढी प्रतिनिधि सहभागी भएका छन् । दुई दिनसम्म चल्ने सम्मेलनमा क्षेत्र ‘घ’ अन्तरगत गैडाकोटदेखि पश्चिम महेन्द्रनगरसम्मका ५८ शाखाबाट करिव ५ सय प्रतिनीधि तथा पर्यवेच्छेक, नेपाल जेसीज र अन्य शाखा तथा अतिथि समेतको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ६ : ५१ बजे

विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक, लुम्बिनीमा थन्किएको बसलाई छिट्टै प्रयोगमा ल्याइने

ललितपुर । सरोकारवालाहरूले समृद्ध पर्यटनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड

डिटीएमएक्स-९७७ च्याम्पियनसिप सिरिज फिनालेः डर्टबाइक रेसिङको टिकटिङ आइएमई पेबाट

काठमाडौं । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको

कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ

नेपाली कांग्रेस सत्ता बिना बस्नै सकेन : महासचिव पोखरेल

नेपालगन्ज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग