१ आश्विन २०८३, बिहिबार | September 18, 2026

निष्ठा बचत तथा ऋण सहकारीको १४ औं साधारण सभा तथा ५ औं निर्वाचन : अध्यक्षमा पुनः बस्नेत



बुटवल । निष्ठा बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वाषिर्क साधारण सभा तथा ५ औं निर्वाचन शनिबार सम्पन्न भएको छ । रुपन्देहीको सियारी गाउँपालिकाको वडा नम्बर ४,५, ६, ७ र शुद्वोधन गाउँपालिका वडा नम्बर ७ लाई कार्य क्षेत्र बनाएको सहकारीको निर्वाचनले पुनः लाल बहादुर बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा हरिप्रसाद पोखरेल, सचिवमा मोतिलाल अर्याल, कोषाध्यक्षमा प्रेम सागर अधिकारी चयन भएको निर्वाचन संयोजक इन्द्र तिवारीले जानकारी दिए । यस्तै संचालक सदस्यमा मनबहादुर पौडेल, चन्द्रकान्त शर्मा, ज्ञानुकुमारी खड्का, सितादेवी देवकोटा र कृष्णकुमारी पोखरेल भट्टराई चयन भएको संयोजक तिवारीले बताए । साथै लेखा समिती संयोजकमा लोक शर्मा बस्याल चयन भएका छन् भने सदस्यमा राधादेवि भुसाल र जालपा घर्ती भुसाल चयन भएका छन् ।

वाषिर्क साधारण सभा तथा निर्वाचनको उद्घाटन गर्दै सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले धेरै सहकारी भागेको अवस्था रहे पनि निष्ठा बचत तथा ऋण सहकारी संस्थाले हरेक काम स्वच्छ रुपमा काम गर्दा अझ बढि राम्रो गर्दै गइरहेको बताए । साथै आफ्नो गाउँ छिमेकी र समाजका सदस्यबाट सन्चालित सहकारीबाट धोका नहुने बताए ।

सियारी गाउँपालिकाले पालिकाभित्रका सहकारीको निरीक्षण गरि रहेको उनले बताए । यस्तै शेयर सदस्यको रकम जोगाएर सहि ठाउँमा लगानी गर्न आग्रह गरे। कार्यक्रममा सियारी गाउँपालिका उपाध्यक्ष तारा थारुले सहकारीमा धेरै महिला शेयर सदस्य रहेकोमा खुशी व्यक्त गरिन ।

सहकारीका अध्यक्ष लालबहादुर बस्नेतले आफ्नो ४ वर्षे कार्यकालमा २ वर्षसम्म कोरोना महामारी र त्यसपछि आर्थिक मन्दीले आर्थिक कठिनाइ अवस्थामा हुँदा पनि शेयर सदस्यको संस्थाप्रतिको विश्वास र सहयोग रहेकोले सवल संस्थाको रुपमा अघि बढाउन सफल भएको बताए । साथै उनले आगामी दिनमा पनि सहकारीले शेयर सदस्यको मन जितेर काम गर्ने बताए ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका संचालक सन्दिप सापकोटाले शेयर सदस्यहरुको बचत रकम सहि ठाउँमा लगानी गरे सहकारीमा कुनै समस्या नआउने बताए । लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपालले १४ वर्षको अबधिमा संस्थाको पुँजी १६ करोड पुग्नु राम्रो भए पनि अझै वृदि गर्न ध्यान दिनु पर्नेमा जोड दिए ।

रुपन्देही बचत तथा ऋण सहकारी संघका अध्यक्ष वसन्त ढकालले बोल्दै स्थानीय रुपमा संचालन भएका सहकारीले राम्रो काम गरेकाले यस्ता सहकारीमा रकम बचत गर्दा बचत कर्ताको रकम सुरक्षित हुने बताए । २०६६ सालमा २८ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल ४९० जना महिला र ३५५ जना पुरुष गरी ८४५ शेयर सदस्य रहेका छन् ।

आर्थिक वर्ष २०७९/८० सम्म सस्थाको शेयर पुँजी १ करोड ८५ लाख ८३ हजार ,बचत ११ करोड ६५ लाख ८८ हजार ८८०, लगानीमा रहेको ऋण १४ करोड ४१ लाख ५३ हजार ७२७, जगेडा कोष १ करोड ९ लाख ३७ हजार ५११, अन्य कोष ९६ लाख ८ हजार २४८ र कुल पुजी १६ करोड २९ लाख ७ हजार ६०१ रहेको छ ।

सहकारीले आर्थिक वर्ष २०७९/८० मा ७४ लाख २४ हजार ८९९ मुनाफा गरेको छ । कार्यक्रमको संचालन सहकारीका प्रबन्धक प्रेमबहादुर गोदारले गरेका थिए ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  २ : ५१ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा