११ चैत्र २०८२, बुधबार | March 25, 2026

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परिसङ्घको आग्रह



काठमाडौं । नेपाल उद्योग परिसङ्घले विदेशस्थित नेपाली राजदूतावासमार्फत स्वदेशी वस्तुहरुको निर्यात एवं प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसङ्घ टोलीले आज परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल गर्दै वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरुको प्रवर्द्धन गर्न तथा पर्यटन प्रवर्द्धन गर्नका लागि आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको हो ।

अध्यक्ष अग्रवालले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थायित्व, सहज व्यावसायिक वातावरण र छिटो छरितो निर्णय गर्ने संयन्त्र आवश्यक रहेकोमा जोड दिए । उनले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सम्बन्धित देशका लगानीकर्तासँगको व्यावसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताए। यसका लागि नेपाली दूतावासहरुले व्यावसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तरक्रिया गर्न सहजीकरण गर्नुपर्ने परिसङ्घको भनाइ छ ।

भारतदेखि विराटनगरसम्म सुरु भएको कार्गो रेलवे सेवा सञ्चालनका लागि निरन्तरता दिनुपर्ने, नेपाल–भारतबीच ‘मोटर भेहिकल एग्रीमेन्ट’ गरी नेपाली मालवाहक एवं अन्य सवारी साधनहरुको आवतजावतलाई सहज बनाइनुपर्नेमा परिसङ्घले जोड दिएको छ ।

छलफलका क्रममा परराष्ट्रमन्त्री साउदले परिसङ्घले उठाएका विषयहरुलाई उच्च प्राथमिकतामा राख्ने बताए । मुलुकमा व्यावसायिक वातावरण बनाउने र स्वदेशी वस्तुको प्रवद्र्धनका लागि कूटनीतिक पहल गर्ने विषयमा मन्त्रालय सधैँ तयार रहने उनको भनाइ छ ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  ८ : २१ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई