२३ पुस २०८२, बुधबार | January 8, 2026

आजको मौसम : तीन प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना



काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ । यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ६ : ४५ बजे

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

सुर्खेत । बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

११५ दिन मन्त्री हुँदाको प्रगति विवरण सुनाउँदै सरकारबाट हटे कुलमान घिसिङ (पूर्णपाठ)

काठमाडौं । मन्त्रीपदबाट राजीनामा दिएर सिधै पत्रकार सम्मेलन गरेका कुलमान

ऊर्जामन्त्री घिसिङद्वारा राजीनामा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिनुभएको

ठुलो परिमाणको ब्राउन सुगरसहित रफिक खाँ पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणको लागुऔषध ब्राउजसुगर सहित १

उर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय उपाध्यक्ष स्वीकार गर्दै