४ पुस २०८२, शुक्रबार | December 19, 2025

आफ्नै शरीरमा आगो लगाउँदा एक महिला घाइते



नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन् ।

आज दिउँसो करिब ३ बजे चितवन घर भई गैँडाकोट–२ एसपिएम चोक नजिक डेरामा बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए ।

श्रीमानसँग सामान्य झै–झगडा हुँदा आफ्नै कोठामा भित्रबाट चुकुल लगाई शरीरमा पेट्रोल छर्की आगो लगाई घाइते भएको पौडेलले बताए । उनको अनुहारलगायत शरीरको माथिल्लो भाग जलेको प्रहरीले जनाएको छ । घाइते कुमालको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

घटनाका विषयमा अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ९ : ०५ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज