३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

स्वर्ण जयन्तीको अवसरमा बुटवल जेसीजले सप्ताव्यापी कार्यक्रम गर्ने



बुटवल । स्वर्ण जयन्तीको अवसरमा बुटवल जेसीजले सप्ताव्यापी कार्यक्रम गर्ने भएको छ । स्थापना भएको ५० वर्ष पुगेको अवसरमा भदौ १५ देखी २१ गते सम्म बुटवलमा विभिन्न कार्यक्रम गर्न लागेको हो ।

आज बुटवलमा पत्रकार सम्मेलन गरी भदौ १५ गते प्रभात फेरी १६ गते चित्रकलाको बुटवलको पर्यटन प्रर्बद्धन विषयक कार्यशाला अभिमुखीकरण गर्ने , १७ गते प्रकरण र जेसिस अभियान विषय विषय प्लानल डिसकस कार्यक्रम गर्ने भएको छ ।

यस्तै १८ गते मानवतको सेवाको लागि रक्तदान कार्यक्रम र पर्यटन प्रवद्धनमा आधारीत वृहत खुल्ला चित्रकला प्रतियोगिता गर्ने स्र्वण जयन्ती समारोह मुल संयोजक मनोज भट्टराईले बताए ।

साथै १९ गते समुदायक जेसिजका लागि धारा हस्तान्तरण कार्यक्रम , प्रकरण विषय अन्तर उच्च मावि स्तर वक्तृत्वकला प्रतियोगिता भदौ २१ गते वृक्षारोपण, जेसिस पथ नामाकंन गर्ने कार्यक्रम तय भएको जेसिज बुटवलका अध्यक्ष हिर विक्रम कुवंरले बताए ।

सप्ताहव्यापी कार्यक्रम सम्पन्न गर्नको लागि कार्यक्रम संयोजक तोकि सकिएको र कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको जेसिजका कार्यकारिणी उपाध्यक्ष एवं साप्ताहिक कार्यक्रमका मुल संयोजक अर्जुन ज्ञवालीले जानकारी दिए ।

यस्तै जेसिजले नेपालका युवाहरुको नेतृत्व, व्यक्तित्व र उद्यमशिलता सिप विकासका काम गरिरहेको र यसलाई अझ प्रभावकारी रुपमा अघि बढाउनु पर्ने पूर्वअध्यक्ष दिनेश श्रेष्ठले बताए । साथै उनले मंसिरमा बुटवल जेसिजले राष्ट्रिय महाधिवेशको कार्यक्रम पनि गर्न लागेको जानकारी दिए ।

बुटवल जेसिज नामक अभियान आधिकारीक रुपमा सन् १९७४ मा नेपाल जेसिज र जनियर चेम्बर इन्टरनेशनलको आवद्धतामा दर्ता भएको थियो ।

जेसिजका १२४ राष्ट्रिय संगठन, ५ हजार स्थानिय संगठन र २ लाख वढी सक्रिय सदस्यहरु छन् । नेपाल जेसीजको १७८ स्थानिय शाखा १५, हजार बढी सदस्यहरु रहेका छन ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  १० : २३ बजे

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका

बुटवलमा ‘रिभोलुसन डान्स प्रतियोगिता २०८३’ हुने, विजेताले पाउनेछन् ५५ हजार बढी नगद

बुटवल । युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवर्द्धन गर्ने उद्देश्यले

स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय र प्रदेश तहको