३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

बुटवल जेसीजमा बिजनेश लिडरसिप प्रशिक्षण सम्पन्न



बुटवल । बुटवल जेसीजमा बिजनेश लिडरसिप प्रशिक्षण सम्पन्न भएको छ ।

बुटवल क्षेत्रका जेसीजमा आवद्ध एवं ननजेसी व्यक्तिहरुको सहभागीतामा व्यावसाय सम्बन्धि नेतृत्व क्षमता अभिवृद्धिको लागि एकदिने बिजनेश लिडरसिप प्रशिक्षण कार्यक्रम सप्पन्न गरिएको बुटवल जेसीजका अध्यक्ष हरि बिक्रम कुवरले बताए ।

कार्यक्रमको प्रमुख आतिथ्यता गरेका लुम्बिनी प्रदेशसभाका सासंद भोजप्रसाद श्रेष्ठले युवाहरूको व्यावसायीक क्षमता वृद्धि विकासको लागि बुटवल जेसीजले निकै सान्दर्भिक कार्यक्रम गरेकोमा सराहना गर्दै सृजनशिल र रचनात्मक कार्यक्रममा आफुले सदैव सहयोग गर्ने बताए ।

नेपाल जेसीजका पुर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एवं सस्कार एकाडेमीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका जेसीजका राष्ट्रिय प्रशिक्षक राजाबाबु शाहले तालीमको सहजीकरण गरेका थिए । उनले व्यावसाय संचालन गर्ने तरिका, त्यसको सफल ब्यवस्थापन र कुशल नेतृत्व सम्बन्धि प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा बुटवल जेसीजका पुर्व अध्यक्ष गोपाल प्रसाद अधिकारी, तिलोत्तमा जेसीजका अध्यक्ष प्रकाश गौतमको शुभकामना तथा सैनामैना जेसीजका अध्यक्ष यदुनन्द भण्डारीले सहभागीको तर्फदेखि प्रशिक्षणबाट प्राप्त अनुभव मन्तव्य राखेका थिए ।

कार्यक्रम बुटवल जेसीजका अध्यक्ष हरि बिक्रम कुवरको अध्यक्षता, कार्यक्रम संयोजक कार्यकारिणी उपाध्यक्ष मोहन न्यौपानेको स्वागत, उपाध्यक्ष यदुमणी पोखरेलको जेसीज आस्था पाठ, जेसी सदस्य विकास पन्थीको मिसनर भिजन बाचन र महासचिव चन्द्रकान्त डुम्रेको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ७ : ३५ बजे

विश्वकप फुटबल : २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो

काठमाडौं । हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका

विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौं । आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि

हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु

झापा । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु