१५ भदौ २०८३, सोमबार | August 31, 2026

नेपालगन्जमा आज मनाईयो गाईजात्रा, १६ मृतकको घरबाट संयुक्त सापारु जात्रा (फोटोफिचर)



नेपालगन्ज । बाँकेको नेपालगन्जमा आज गाइजात्रा पर्व मनाईएको छ । नेवाः समुदायको पुरानो संस्था नेवाः पुच बाँकेको मुख्य आयोजनामा नेपालगन्जमा आज सापारु प्रदर्शन गर्दै गाइजात्रा पर्व मनाईएको हो ।

नेवाः पुचको आयोजना, नेवाः दये दबुको सह आयोजना र बाँकेमा क्रियाशील १० वटा नेवाः गुठीको सहकार्यमा संयुक्तरुपमा सापारु जात्रा सम्पन्न गरिएको नेवाः पुच बाँकेका अध्यक्ष जितेन्द्र कुमार जोशीले बताए ।

स्थानीय भेरी स्कुल धम्बोझीमा भेल भएका यस वर्ष मृत्यु भएका मृतकका परिवार र आफन्तहरुले बिभिन्न प्रतिकात्कम पहिरनमा धम्बोझी, पुस्पलाल चोक, बसपार्करोड, न्यूरोड हुँदै बागेश्वरी मन्दिर पुगेर सापारु जात्रा सम्पन्न गरिएको थियो । बागेश्वरीमा पुगेका सापारुमा संलग्न बालबालिकालाई पुचःको तर्फबाट सुगुन दिएर जात्रा सम्पन्न गरिएको नेवाः पुच बाँकेका पार्षद एवं वरिष्ठ पत्रकार हेमन्त कर्माचार्यले बताए ।

जात्रामा नेवाः समुदायको लाखेनाच प्रदर्शन गरिनुका साथै प्रतिकात्मक तायमचा र बिबिध पहिरनमा सृङ्गारिएका बालबालिकाले पदयात्रा गरेका थिए ।

साउन शुक्ल पुर्णिमाको पछिल्लो प्रतिपदा तिथिमा नेवाः समुदायले पछिल्लो वर्षमा मृत्यु भएका मृतक परिवारको सदस्यको स्मरणमा सापारु जात्रा गरेर मृतकको आत्माको चिरशान्तिको कामना गर्दछन् ।

फोटो सौजन्य : हेमन्त कर्माचार्य

 

प्रकाशित मिति : १४ भदौ २०८०, बिहिबार  ४ : ३७ बजे

नारायणी अस्पतालवाट शिशु चोरी

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना

Indian Defence Minister Visits Nepal Embassy, Expresses Solidarity Over Flood Tragedy

New Delhi. Indian Defence Minister Rajnath Singh visited the Embassy

नेपालको दुःखमा भारतको साथ : दूतावास पुगेर भारतीय रक्षामन्त्री सिंहले दिए समवेदना

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँ । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास

भोटेकोशी बाढी : सुरुङ इलाकामा खोज, उद्धार तीव्र

काठमाडौँ । भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको