१९ पुस २०८२, शनिबार | January 4, 2026

प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचारार्थ उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्कालाई प्रोष्टेटमा समस्या भएपछि आज छाउनीमा भर्ना भएका छन् ।

अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी प्राध्यापक डा भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले खड्काको प्रोष्टेटको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ ।

शल्यक्रियापश्चात अस्पतालको वार्डमा रहेकाका रक्षामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रा डा भण्डारीले जानकारी दिए ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उनी केही दिन अस्पतालमै रहने जनाउँदै हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

प्रकाशित मिति : १४ भदौ २०८०, बिहिबार  ७ : ३१ बजे

बेलहिया नाकाबाट एक वर्षमा एक लाखभन्दा बढी पर्यटक भित्रिए

बुटवल । स्थलमार्ग हुँदै बेलहिया नाकाबाट आउने तेस्रो मुलुकका पर्यटकको

अन्तरालमा पलेटी कस्दै बीपीका कवितामा भिजे दर्शकस्रोता

नेपालगन्ज । हुरीमा पनि जीवनगीत गुनगुनाइरहनेछु झरीको पनि यात्रागान सुनाइरहनेछु

बाघको आक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु

नेपालगन्ज । २ महिनाका बीच पाटेबाघको आक्रमणबाट बाँकेमा थप एक

एमाले बाँकेबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिस

नेपालगन्ज । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि

कांग्रेस विधानको धारा १७(२) विशेष महाधिवेशनका लागि वाध्यकारी प्रावधान – कानुनविदहरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिमा फरकमत राखेका कांग्रेस महामन्त्रीद्वय