२१ माघ २०८२, बुधबार | February 4, 2026

मृतकको सम्झानामा बुटवलमा सापारुजात्रा (फोटोफिचर)



नेपालगन्ज । बुटवलमा आज गाइजात्रा(सापारु) पर्व मनाईएको छ । नेवाः समुदायको पुरानो संस्था नेवा सेवा समितिको मुख्य आयोजनामा बुटवलमा आज सापारु प्रदर्शन गर्दै गाइजात्रा पर्व मनाईएको हो ।

नेवाः सेवा समितिको मुख्य आयोजना र स्थानीय खल/पुचः को सहकार्यमा सापारु जात्रा सम्पन्न गरिएको नेवाः सेवा समितिका अध्यक्ष चिरन्जिवी श्रेष्ठले बताए ।

स्थानीय झी नेवाः छें (हाम्रो नेवाः घर) माझगाँउमा भेला भएका यस वर्ष मृत्यु भएका मृतकका परिवार र आफन्तहरुले बिभिन्न प्रतिकात्कम पहिरनमा ईट्टाभट्टी, कालिका मन्दिर, गोलपार्क, पुरानो बुटवलको निम चोक हुँदै जलबिनायक मन्दिर पुगेर जात्रा समापन गरिएको थियो । आयोजक र आफन्तहरुले सगुन खुवाएर सुरु गरिएको सापारुमा सहभागी बटुकहरुलाई समापनको अवसरमा टिका, दक्षिणा तथा प्रसाद वितरण गरिएको थियो ।

यस वर्षको अवधिमा मृत्यु भएका नेवाः सेवा समितिका संस्थापक अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठसहित १२ जना मृतक सदस्यको सम्झानमा सापारुजात्रा गरिएको सेवा समितिले जनाएको छ । अन्य मृतकमा मानकुमारी श्रेष्ठ, तिर्थ कुमारी श्रेष्ठ, दुगार्मलक्ष्मी जोशी, हुमकुमारी श्रेष्ठ, सुशिलादेबी श्रेष्ठ, मैनादेबी श्रेष्ठ, जुद्धबाहदुर श्रेष्ठ, सुमित्रा भारी, देबी श्रेष्ठ, राजकुमार भारी र मुना शाह श्रेष्ठ(अन्जु) रहेका छन् । मुना शाह श्रेष्ठको गत वर्ष भारतको सिमलामा हिमपहिरोमा परि मृत्यु भएको थियो ।

जात्रामा नेवाः समुदायका महिलाहरुले मृतकहरुको स्मरणमा करुणा रसको गीत गायन तथा भजन प्रस्तुत गरेका थिए । जात्रामा प्रतिकात्मक बिबिध पहिरनमा सृङ्गारिएका बालबालिकाले सापारु पदयात्रा गरेका थिए ।

नेवा: सेवा समिति मुख्य आयोजक रहेको सापारु जात्रामा नेवाः संस्कृति संरक्षण समिति बुटवल, श्री गणेश नेवाः पुच, रुपन्देही अर्घाखाँची नेवाः सम्पर्क समाज, भिमसेन नेवाः पुच लगायतको खल/पुचको सहभागीता रहेको थियो ।

साउन शुक्ल पुर्णिमाको पछिल्लो प्रतिपदा तिथिमा नेवाः समुदायले पछिल्लो वर्षमा मृत्यु भएका मृतक परिवारको सदस्यको स्मरणमा सापारु जात्रा गरेर मृतकको आत्माको चिरशान्तिको कामना गर्दछन् ।

यस वर्ष पाञ्चाङ निर्णायक समितिले गुन्ही पुन्ही र गाईजात्रा एकै दिन रहेको पात्रो सार्वजनिक गरेपछि भ्रमित भएका नेवाः समुदायले हिजो र आज दुईदिन गाइजात्रा मनाएका छन् । भक्तपुर, नेपालगन्ज लगायतका स्थानमा हिजो सापारु निकालिएको छ भने काठमाडौं बुटवल लगायतका शहरमा आज पनि सापारु जात्रा निकालिएको छ । काठमाडौं महानगरले आज सापारुका लागि सार्वजनिक विदा दिएको छ ।

प्रकाशित मिति : १५ भदौ २०८०, शुक्रबार  १२ : २२ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता