१९ पुस २०८२, शनिबार | January 3, 2026

आजको मौसम : पाँच प्रदेशमा वर्षाको सम्भावना



काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अबस्थित छ । साथै बंगालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणाली समेत आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रहेको छ । साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक दूई स्थानमा हल्का वर्षा भैरहेको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र बाँकी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र बाँकी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  ७ : ०२ बजे

शेखर कोइरालाले गरे निकट नेताहरुसँग छलफल, भने – निर्वाचनअघि महाधिवेशन असम्भव

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समयको अभावका कारण

बेनीमा माघे सङ्क्रान्ति मेलाको तयारी

बेनी । सदरमुकाम बेनीमा ‘११औँ माघे संक्रान्ति मेला’ तथा ‘खाना

रास्वपाको समानुपातिक बन्दसूचीबाट चन्द्र ढकालका छोरा सचिनले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक निर्वाचन सूचीमा समावेश

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा

अत्यधिक चिसो समयमा अनावश्यक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यधिक चिसो समयमा अनावश्यक