१० जेष्ठ २०८३, आइतबार | May 25, 2026

नेपालगन्जका सडकका पशुचौपाया कान्जीहाउस लैजान थालियो, पशुचौपाया धपाउन नगर प्रमुख विष्ट सडकमा



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रका छाडा पशुचौपायालाई कान्जीहाउस लैजाने क्रम सुरु गरेको छ । आजमात्र बजार क्षेत्रमा छाडारुपमा छोडिएका ७ दर्जन गाई–गोरु र घोडा–खच्चडलाई आज उपमहानगरको वडा नम्बर २१ विर्तास्थित कान्जीहाउसमा लगिएको उपमहानगरको सुरक्षा शाखाले जनाएको छ ।

बजारमा छाडा पशुचौपायाको संख्या बढ्दै जाँदा दुर्घटना हुन थालेपछि आज ५० वटा गाई–गोरु र ३२ वटा घोडा–खच्चडलाई कान्जीहाउस पुर्याइएको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताए । नगरका विभिन्न भागमा छरिएर रहेको छाडा पशुचौपायालाई एकीकृत गरेर एकसाथ कान्जीहाउस पुर्याइएको उनले भताए ।

नगर प्रहरी सहित नेपाल प्रहरीको तालिम केन्द्रका तालिमे जवानहरु र ट्राफिक प्रहरीको टोलीले छाडा पशुचौपायालाई धपाउँदै कान्जीहाउस पुर्याएको थियो ।

छाडा पशुचौपाया धपाउन नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्ट पनि खटिएका थिए । पशुचौपाया धपाउँदै कान्जीहाउस पुगेर नगर प्रमुख विष्टले त्यहाँको अवस्थाबारे जानकारी समेत लिएका छन् । नगर प्रमुख विष्टले कान्जीहाउसका कर्मचारीलाई पशुचौपायाहरुको राम्रोसंग रेखदेख गर्न निर्देशन दिँदै पशुचौपायाको खानपिनमा पनि विशेष ध्यान दिन आग्रह गरे ।

नगर प्रमुख विष्टका अनुसार भोलि कान्जीहाउसमा पशु स्वास्थ्य शिविर राखेर पशुहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिइने छ ।

छाडा पशुचौपायाका दीर्घकालीन व्यवस्थापनका लागि नेपालगन्ज उपहानगरपालिकाले राप्तीसोनारी गाउँपालिकासंग समन्वय र सहकार्य गरेर काम गरिरहेको जनाएको छ ।

नेपालगन्जमा पशुधनीले नै जथाभावीरुपमा घोडा–खच्चड र गाई–गोरु सडकमा छोड्दा छाडा पशुचौपाया नियन्त्रणमा कठिनाई भइरहेको छ । कान्जीहाउस पुर्याएका आफ्ना जनावर लिन पुग्ने पशुधनीहरुले जरिवाना तिर्नुपर्ने उपमहानगरले जनाएको छ ।

दुध दिन छाडेका र जोतभोगमा प्रयोग नभएका छाडा गाईगोरुको धनीहरु पशुचौपाया लिन नआउने गरेपछि कान्जी हाउसको ब्यवस्थापनमा पनि समस्या हुने गरेको छ ।

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  ७ : १५ बजे

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

असार दोस्रो साता एमाले केन्द्रीय कमिटी बैठक, पार्टी पुनर्गठनका लागि कार्यदल गठन

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता

हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध

काठमाडौँ । गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता

‘इमान्दार कार्यकर्ता अपहेलित भए’ भन्दै उमाशंकर अरगरियाले छोडे एमाले

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य प्रत्याशी

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको