२२ भदौ २०८३, सोमबार | September 7, 2026

एसिया कप क्रिकेट : पहिलोपटक नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै



काठमाडौं । एसिया कप क्रिकेटमा सोमबार नेपालले आफ्नो दोस्रो खेलमा भारतको सामना गर्दैछ । पहिलोपटक एसिया कप खेलिरहेको नेपालले भारतको सिनियर टोलीसँग पहिलोपटक खेल्न लागेको हो ।

नेपाल र भारतबीचको खेल श्रीलंकाको पल्लेकेले क्रिकेट रंगशालामा नेपाली समयानुसार आज (सोमबार) दिउँसो ३:१५ बजे सुरु हुनेछ ।

भारतविरुद्ध पहिलोपटक मैदान उत्रिन लागेको नेपाल जित्नै पर्ने दबाबमा छ । प्रतियोगिताको अर्को चरण (सुपर-फोर)मा पुग्न नेपालले भारतसँगको खेल जित्नै पर्नेछ ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो । भारतले भने पहिलो खेलमा पाकिस्तानसँग १-१ अंक बाँडेको थियो । भारत र पाकिस्तानको खेल वर्षाका कारण स्थगित भएपछि दुवै टोलीले अंक बाँडेका थिए ।

नेपालले भारतको यु-१९ र ‘ए’ टिमसँग भने विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गरेको छ । करिब २ महिना अगाडि मात्रै एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारतको टीम ‘ए’सँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल भारतको टीम ‘ए’सँग ९ विकेटले पराजित भएको थियो ।

उमेर समूहमा भने नेपालले १ पटक भारतीय टिमलाई हराएको छ । २०७४ कात्तिकमा भएको एसिसी यु-१९ एसीया कप क्रिकेटमा नेपालले भारतीय टोलीलाई १९ रनले पराजित गरेको थियो ।

नेपाल र भारतबीचको खेल वर्षाले प्रभावित हुने सम्भावना पनि उच्च छ । एक्युवेदरले श्रीलंकाको मौसम विभागलाई उद्घृत गर्दै सोमबार बिहान ८ बजेदेखि नै पानी पर्ने सम्भावना रहेको जनाएको छ । वर्षा रातिसम्मै जारी रहन सक्ने बताइएको छ । सोमबार त्यहाँको तापक्रम २७ डिग्री सेल्सियसदेखि २१ सम्म रहने बताइएको छ ।

वर्षाका कारण खेल रद्द भएको अवस्थामा नेपाल र भारतले अंक बाँड्नुपर्नेछ । अंक बाँड्नु परेको अवस्थामा भारत स्वतस् सुपर-फोरमा पुग्नेछ ।

यसअघि पाकिस्तानसँगको खेल हारेको नेपाल अंकतालिकाको पुछारमा छ । पाकिस्तान ३ अंकसहित सुपर-फोरमा पुगिसकेको छ । भारत एक अंकसहित दोस्रो नम्बरमा छ ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ७ : ४३ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११