१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एमाले लुम्बिनी अधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान



बुटवल । बुटवलमा जारी नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तरगत आज मंगलबार बिहानदेखि नेतृत्व चयनका लागि मतदान हुँदै छ । भदौं १६ गतेदेखि बुटवलका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशन अन्तरगत अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल बीच प्रतिस्पर्धा हुन लागेको हो ।

अधिवेशनमा सचिवमा बाहेक अन्य पदका लागि हिजो राती ८ बजेबाट हुने मतदान हुने भनिएपनि स्थगित गरिएको थियो । मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले बिहान ८ बजदेखि मतदान सुरु हुने बताए । उनका अनुसार रातको समयमा मतदान गर्न कठिनाइ हुने भएकाले मतदानको कार्यक्रम हिजो स्थगित गरिएको हो ।

कंडेल उपाध्यक्ष बिष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् । कंडेल एमालेको लुम्बिनी प्रदेशको तदर्थ समितिका निवर्तमान अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् ।

लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको छ ।

उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी छ । उनीहरू रुकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद थारू चौधरी, रोल्पाका पूर्ण बुढामगर र गुल्मीका हिरा एसी रहेका छन ।

यस्तै, महिला उपसचिवमा बाँकेकी आरती पौडेल, बसन्ती अधिकारी र बर्दियाकी लिला रानामगरको उम्मेदवारी रहेको छ । सचिवमा लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन् ।

प्रकाशित मिति : १९ भदौ २०८०, मंगलबार  ६ : ५७ बजे

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र