१५ भदौ २०८३, सोमबार | August 31, 2026

एमाले लुम्बिनी अधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान



बुटवल । बुटवलमा जारी नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तरगत आज मंगलबार बिहानदेखि नेतृत्व चयनका लागि मतदान हुँदै छ । भदौं १६ गतेदेखि बुटवलका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशन अन्तरगत अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल बीच प्रतिस्पर्धा हुन लागेको हो ।

अधिवेशनमा सचिवमा बाहेक अन्य पदका लागि हिजो राती ८ बजेबाट हुने मतदान हुने भनिएपनि स्थगित गरिएको थियो । मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले बिहान ८ बजदेखि मतदान सुरु हुने बताए । उनका अनुसार रातको समयमा मतदान गर्न कठिनाइ हुने भएकाले मतदानको कार्यक्रम हिजो स्थगित गरिएको हो ।

कंडेल उपाध्यक्ष बिष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् । कंडेल एमालेको लुम्बिनी प्रदेशको तदर्थ समितिका निवर्तमान अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् ।

लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको छ ।

उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी छ । उनीहरू रुकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद थारू चौधरी, रोल्पाका पूर्ण बुढामगर र गुल्मीका हिरा एसी रहेका छन ।

यस्तै, महिला उपसचिवमा बाँकेकी आरती पौडेल, बसन्ती अधिकारी र बर्दियाकी लिला रानामगरको उम्मेदवारी रहेको छ । सचिवमा लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन् ।

प्रकाशित मिति : १९ भदौ २०८०, मंगलबार  ६ : ५७ बजे

बाढीले विद्यालय मेटायो, बचेको बसमा पनि तोडफोड

नुवाकोट । विनाशकारी बाढीले भौतिक संरचना ध्वस्त बनाएको नुवाकोटको ऐतिहासिक

अविरल वर्षा र बाढीपछि देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । भोटेकोशी बाढी तथा अविरल वर्षाका कारण पहिरो खस्दा

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ । रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको

भोटेकोशी बाढी : त्रिशूली र नारायणी किनारमा २७२ शव फेला, १२ जनाको मात्र सनाखत

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बगेर आएका

चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत