२० मंसिर २०८२, शनिबार | December 6, 2025

तानसेनमा भोली भगवती जात्रा, बुटवलबाट आउन जान ५० प्रतिशत भाडा छुट



बुटवल । बुटवलको जितगढीमा अंग्रेज विरुद्धको लडाई जितेको खुसियालीमा पाल्पाको तानसेनमा मनाईंदै आएको विजयी जात्रा भोली धुमधामकासाथ मनाईँदै छ । भगवती जात्राका नामले प्रख्यात सो जात्रामा पाल्पा र त्यस आसपासका अवलोकनकर्ताहरु जात्रामा सहभागी हुने गर्दछन् ।

नेपालले अंग्रेजलाई जितेको खुसियालीमा हुने भगवती जात्रामा बुटवलबाट तानसेन जाने र फर्कने यात्रुहरुलाई भोली दिनभरी ५० प्रतिशत छुटको ब्यवस्था गरिएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रा लिको बैठकले नेपाल अंग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा तानसेनमा प्रदर्शन गरिने भगवती जात्राका अवसरमा बुटवलबाट तानसेन जाने र फर्कने यात्रुलाई ५० प्रतिशत भाडा छुटदिने निर्णय गरेको हो ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिबाट सञ्चालित यात्रुबहाक बसमा बसपार्कस्थित काउन्टर र अन्य बुकिङ काउन्टरबाट टिकट काटेमा यात्रुले छुट पाउने गरि ब्यवस्था मिलाईएको प्रालीका अध्यक्ष दधिराम खरेलले बताए । । उनले बुटवलदेखि सिधा तानसेन र तानसेनदेखि सिधा बुटवल आउने जाने दुवैतर्फबाट यात्रुहरूका लागि छुटको ब्यवस्था गरिएको बताए ।

सन.१८७१ देखि १८७३ सम्म बुटवलको जीतगढीमा भएको नेपाल अंग्रेज युद्धमा नेपाली सेनाले बहादुरी र चतुराईंपुर्वक प्रतिकार गर्दै ब्रिटिस सेनामाथि विजय हासिल गरेको थियो । सो युद्ध र विजय हासिल गरेको दिनको सम्झनामा तानसेनमा प्रदर्शन गरिने रणउजेश्वरी भगवती रथयात्राको सम्मान स्वरुप बसभाडामा ५० प्रतिशत छुट दिइएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ ।

बसपार्कस्थित काउन्टरबाट टिकट नकाट्ने यात्रुले भने सो सुविधा प्राप्त गर्न नसक्ने बताइएको छ । आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पुगोस भन्ने उद्देश्यले सो निर्णय गरिएको अध्यक्ष खरेलले बताए ।

प्रकाशित मिति : २० भदौ २०८०, बुधबार  १० : ०१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय