१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

आजको मौसम : चारवटा प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो सातै प्रदेशमा वर्षा हुने



काठमाडौं । देशका केही भू-भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । कोसी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेस प्रदेश तथा कोसी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

कोसी, मधेस, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।मधेश प्रदेश तथा कोसी, बाग्मती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

शुक्रबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको विभागको भनाइ छ ।

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  ६ : ३८ बजे

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज

सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

भोजपुर । जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ