१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

मुस्ताङमा असोज नलागेसम्म स्याउ टिप्न नपाइने



म्याग्दी । स्याउको गुणस्तर र स्वाद कायम राख्न हिमालपारिको जिल्ला मुस्ताङमा असोज १ गतेयता स्याउ टिप्न र बिक्री गर्न नपाइने भएको छ ।
चाँडै स्याउ टिपेर बजारमा पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले भदौसम्म स्याउ नटिपी असोज लागेपछि मात्रै स्याउ टिपेर बजारमा पठाइने मुस्ताङका अन्तरपालिका बैठकमा निर्णय गरिएको छ ।
सोही निर्णयलाई कार्यान्वयन गर्न बिहीबार घरपझोङ गाउँपालिकाले बजारमा बिक्रीका लागि राखिएको २५ किलो स्याउ जफत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए । गाउँपालिकाले बजार अनुगमन गर्दा जोमसोमस्थित कोसेली हाउसमा बिक्रीका लागि राखेको उक्त स्याउ जफत गरेको अधिकृत आचार्यले बताए ।
उनका अनुसार गाउँपालिकाले जोमसोम क्षेत्रमा गरेको बजार अनुगमनका क्रममा दुई किलोको तौलमा प्लास्टिकमा प्याक गरिएका १० प्याकेट र एक किलोका पाँच प्याकेट स्याउ नियन्त्रणमा लिइएको हो । स्याउको गुणस्तरलाई कायम राख्दै आफ्नो गुणस्तरीय पहिचान यथावत् राख्ने उद्देश्यले असोज १ गतेपछि मात्र स्याउ टिप्न मुस्ताङका पाँचवटै स्थानीय तहका अध्यक्षहरुले प्रतिबद्धता जनाएका उनले बताए।
स्याउको राजधानीका रुपमा परिचित मुस्ताङमा पछिल्ला दिनमा स्याउ खेती फस्टाउँदै गएको र यहाँ इटालीयन उच्च घनत्वको स्याउ खेती विस्तार हुँदै आइरहेको कृषि ज्ञान केन्द्र मुस्ताङले जानकारी दिएको छ ।
कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार मुस्ताङमा रेडडेलिसियस, रोलय डेलिसियस, गोल्डेन डेलिसियस र रिचारेड डेलिसियस जातका स्याउको खेती हुँदै आएको छ । त्यस्तै नयाँ जातका अर्थात् उच्च घनत्वको स्याउ खेतीतर्फ गाला, फुजी, गोल्डेन डेलिसियस, किङरोट, रेड डेलिसियस र जोनाप्रिन्सका बिरुवा लगाइएको छ । मुस्ताङमा उच्च घनत्वका स्याउका एक लाख ६७ हजार बिरुवा लगाइएको जनाइएको छ ।
मुस्ताङको एक हजार दुई सय बढी हेक्टर जमिनमा स्याउ खेती गरिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका पद्यमनाथ आत्रेयले जानकारी दिए । यहाँ पाउने स्याउ धेरै प्रजातिका छन् । रङ्गका हिसाबले सेतो र रातो स्याउ मुस्ताङमा पाइन्छ ।
विसं २०२३ मा म्याग्दीमा जन्मेर मुस्ताङमा हुर्केका बुद्धिरत्न शेरचनले मुस्ताङमा स्याउ पु-याएको इतिहास छ । मुस्ताङबाट सुरु भएको स्याउखेती अहिले देशभर फैलिएको छ । मुस्ताङको मार्फा गाउँ स्याउ खेतीका लागि प्रसिद्ध गाउँ हो ।  रासस

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  १ : ५९ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’