११ कार्तिक २०८३, बुधबार | October 28, 2026

भ्रष्टाचारको आरोपमा आन्ध्र प्रदेशका पुर्व मुख्यमन्त्री पक्राउ



हैदाराबाद । तेलुगु देशम पार्टीका प्रमुख चन्द्रबाबु नायडू भ्रष्टाचारको आरोपमा शनिबार बिहान पक्राउ परेका छन् ।

पूर्व मुख्यमन्त्रीलाई सीआईडीले नन्द्याला शहरको ज्ञानपुरमस्थित आरके फंक्शन हलबाट बिहान ६ बजे पक्राउ गरिएको प्रहरी अधिकारीले पुष्टी गरेका छन्   । एसआईटी र सीआईडी अधिकारीहरूका अनुसार कौशल विकास घोटाला मामिलामा चन्द्रबाबु नायडूलाई पक्राउ गरिएको हो ।

सीआईडीले चन्द्रबाबु नायडू विरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो, जसको लगत्तै उनलाई पक्राउ गरिएको थियो। सूचना अनुसार आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्रीलाई आईपीसीको सम्बन्धित धारा अन्तर्गत पक्राउ गरिएको हो।

आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडूले दुई दिनअघि आफूलाई हिरासतमा लिन सकिने बताएका थिए । करोडौं रुपैयाँ घुसखोरी र घोटाला गरेको उनीमाथि आरोप रहेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  ८ : ५८ बजे

भोजपुरमा धान थन्क्याउन कामदार अभाव, युवा पलायनले किसान मर्कामा

भोजपुर । गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी र सहरतर्फ पलायन

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके । वर्षायाममा बन्द गरिएको जङ्गल सफारी पुनः सञ्चालनमा आएसँगै

वीरगञ्ज भन्सारले असोजमा उठायो २६ अर्ब ७२ करोड राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा आज

चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले नेपालका