१५ भदौ २०८३, सोमबार | August 31, 2026

बर्दिया राजापुरकी एक प्रधानाध्यापक घुस लिँदालिँदै अख्तियारको फन्दामा



बर्दिया । बर्दियामा एक जना प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेकी छन‍् । बर्दिया राजापुर नगरपालिका वडा नं. ७, भिस्मापुरस्थित श्री सरस्वती बाल प्रथामिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्याय घुस रकम सहित अख्तियारको टोलिबाट पक्राउ परेकी हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले राजापुर नगरपालिका वडा नं। ७, भिस्मापुरस्थित श्री सरस्वती बाल प्रथामिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुस रकमसहित पक्राउ गरेको अख्तियारले आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारका प्रवक्ता भोला दाहालले पक्राउ परेकी प्रधानाध्याक उपाध्यायले हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको बताए । गोप्य सूचनाको आधारमा खटिएको टोलीले उनलाई वडा नम्बर ४ स्थित सरस्वती भवन नजिकैबाट मंगलबार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

उनले १४ हजार ५०० रुपैयाँ घुस लिएको फेला परेको प्रवक्ता दाहालले बताए । अख्तियारले उपाध्यायमाथि थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  १० : १७ बजे

प्रधानमन्त्री र रास्वपा सभापतिबीच उद्धार र पुनःस्थापनाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

‘पार्वती’ टिमद्वारा बाढीपीडितका लागि ११ लाख बढी सहयोग

काठमाडौं । रसुवाको भोटेकोशीमा गत मंगलबार आएको अकल्पनीय बाढीबाट प्रभावित

रसुवा बाढी : सेनाद्वारा ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा । रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगन्ज । “छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर