३ पुस २०८२, बिहिबार | December 18, 2025

ट्रेनवाटै मस्को पुगे उत्तर कोरियाली नेता किम जोङ



मस्को । उत्तर कोरियाका नेता किम जोङ ४ वर्षपछि पहिलो पटक मुलुक बाहिरको भ्रमणमा निस्केका छन् ।

किम जोङ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुस पुगेका छन् । यी दुईबीच गोप्य भेटघाट हुने भएकाले यसबारे अहिलेसम्म केही खुलाइएको छैन । बीबीसी रिपोर्टका अनुसार पुटिन र किम जोङ उनबीचको भेट भ्लादिभोस्तोकमा हुन लागेको छ ।

रुसी समाचार एजेन्सी टासका अनुसार पुटिन र किम जोङ उन दुई भेटपछि डिनर गर्ने छन् । विशेष कुरा के छ भने उत्तर कोरियाली नेता किम जोङ उन निजी विमानबाट नभई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न निजी रेलबाट आएका हुन् ।

बीबीसीको रिपोर्ट अनुसार किम जोङ उनको निजी ट्रेनमार्फत रुसमा प्रवेश गरेको थिए । किम जोङ उनसँगै सेनाका शीर्ष कमाण्डर पनि छन् । किम जोङ उनको उक्त बख्तरबंद ट्रेनमा २० बुलेटप्रुफ गाडीहरूसमेत रहेका छन्।

 

 

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ९ : ४३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका