२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङ अब स्वतन्त्र वामपन्थी

राजनीतिमा अपराधिकरण भएको निस्कर्ष, वर्गीय आन्दोलनबाट भने अलग नहुने घोषणा



बुटवल। बुटवलमा युवामाझ लोकप्रिय रहेका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै आफु स्वतन्त्र बामपन्थी भएको जनाएका छन् ।

उनले फेसबुकमा लेखेका छन् -‘आजबाट स्वतन्त्र बामपन्थी आहा क्या टाउको हलुङ्गो ।’

एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव समेत रहेका गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै सक्रियरुपमा संलग्न रहँदै आएका थिए ।

उनले गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गरेपनि कसैको उजुरी बिना निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

आफू तत्काल कुनै पार्टीमा जाने सोच नरहेको उनले बताएका छन् । खबरकुरासंग कुरा गर्दै उनले फेसबुकमा जे लेखियो त्यही नै सत्य भएको बताए । उनले राजनीतिमा देखिएको अपराधिकरण र ब्यापारिकणका कारण पार्टी राजनीतिबाट अलग हुने निर्णय गरेको जनाए ।

राजनीति पुरै अपराधिकरणमा रुपान्तरण भएपछि आफुले यस्तो निर्णय लिएको बताउँदै गुरुङले बर्गिय आन्दोलनबाट भने आफु अलग नभएको जनाए । स्वतन्त्र हैसियतले सामाजिक तथा बर्गिय आन्दोलनमा आफ्नो सक्रियता कायम रहने उनको भनाई छ ।

एकीकृत समाजवादी पनि अपराधिक राजनीतिमा संलग्न भएको हो ? भन्ने खबरकुराको प्रश्नमा उनले नेपालका राजनीतिकदलहरु अपराधिकरणबाट कोही चोखो नभएको बताए ।

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  ९ : ०१ बजे

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

सुनसरी । दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ

किशोर श्रेष्ठको रिहाइको माग गर्दै पत्रकार महासंघको धर्ना

काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल

रोल्पा पहिरोमा पुरिएका १० मध्ये ३ जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण

सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा टिपर दुर्घटना हुँदा एक