२० मंसिर २०८२, शनिबार | December 6, 2025

एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङ अब स्वतन्त्र वामपन्थी

राजनीतिमा अपराधिकरण भएको निस्कर्ष, वर्गीय आन्दोलनबाट भने अलग नहुने घोषणा



बुटवल। बुटवलमा युवामाझ लोकप्रिय रहेका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै आफु स्वतन्त्र बामपन्थी भएको जनाएका छन् ।

उनले फेसबुकमा लेखेका छन् -‘आजबाट स्वतन्त्र बामपन्थी आहा क्या टाउको हलुङ्गो ।’

एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव समेत रहेका गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै सक्रियरुपमा संलग्न रहँदै आएका थिए ।

उनले गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गरेपनि कसैको उजुरी बिना निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

आफू तत्काल कुनै पार्टीमा जाने सोच नरहेको उनले बताएका छन् । खबरकुरासंग कुरा गर्दै उनले फेसबुकमा जे लेखियो त्यही नै सत्य भएको बताए । उनले राजनीतिमा देखिएको अपराधिकरण र ब्यापारिकणका कारण पार्टी राजनीतिबाट अलग हुने निर्णय गरेको जनाए ।

राजनीति पुरै अपराधिकरणमा रुपान्तरण भएपछि आफुले यस्तो निर्णय लिएको बताउँदै गुरुङले बर्गिय आन्दोलनबाट भने आफु अलग नभएको जनाए । स्वतन्त्र हैसियतले सामाजिक तथा बर्गिय आन्दोलनमा आफ्नो सक्रियता कायम रहने उनको भनाई छ ।

एकीकृत समाजवादी पनि अपराधिक राजनीतिमा संलग्न भएको हो ? भन्ने खबरकुराको प्रश्नमा उनले नेपालका राजनीतिकदलहरु अपराधिकरणबाट कोही चोखो नभएको बताए ।

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  ९ : ०१ बजे

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास