२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

आर्ट काउन्सिल ग्यालरीमा भोटी लिपीसम्बन्धी चित्रकला प्रदर्शनी



काठमाडौं । भारतीय राजदूतावास काठमाडौं, बीपी कोइराला भारत–नेपाल फाउण्डेशन र नेपाल बौद्ध महासंघको आयोजनामा काठमाडौंमा भोटी लिपीसम्बन्धी दुई दिने चित्रकला प्रदर्शनी तथा आयोजना गरिएको छ ।

कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी, नेपाल बौद्ध महासंघका अध्यक्ष खेनपो कमल भण्डारी र बौद्ध दर्शन प्रवर्द्धनका अध्यक्ष खेनपो गेशे थुप्तेन जिक्डोलले संयुक्त रुपमा गरेका छन् ।

भारतको सिक्किम बाट आएका क्यालिग्राफर जाम्याङ दोर्जीले पवित्र बौद्ध मन्त्रहरूको सुलेखन प्रयोग गरेर कोरिएका ४० भन्दा बढी क्यालिग्राफिक चित्रहरू प्रदर्शनीमा राखिएका छन्। दोर्जीले सहभागीहरूलाई सम्भोता लिपिको शैली र प्रयोगको प्रत्यक्ष प्रर्दशन गरि सो लिपिमा आफ्नो नाम लेख्न सिकाए का छन् ।

कार्यक्रममा राज्यमन्त्री यादवले कुनै पनि राष्ट्रको संस्कृति र परम्परा सो राष्ट्रको मुटु र आत्मा भएको उल्लेख गरिन् । उनले नेपाल र भारतको लागि बौद्ध धर्म एक साझा सेतु भएको बताइन।

जाम्याङ दोर्जीले भारत र नेपालको हिमाली क्षेत्रमा भोटी लिपिको अझै पनि प्रयोग भइरहेको उल्लेख गरे । उनले नेपालमा शताब्दीयौंदेखि पवित्र र महत्वपूर्ण बौद्ध साहित्य लेखनमा प्रयोग हुँदै आएको रञ्जना लिपिको पनि आफ्नो समृद्ध परम्परा रहेको बताए ।

कार्यक्रममा सांसद, विभिन्न गुम्बाका प्रतिनिधि, बौद्ध संघसंस्था तथा भोट तथा बौद्धधर्म अध्यनरत विद्यार्थीहरुको उल्लेख्य उपस्थिति थियो।

प्रदर्शनी नेपाल आर्ट काउन्सिल ग्यालरीमा भोलिसम्म जारी रहनेछ ।

प्रकाशित मिति : २९ भदौ २०८०, शुक्रबार  ८ : २२ बजे

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

१५ किलोमा लेदो खसेपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

प्रधानमन्त्री शाहले राष्ट्रियसभामा दुई निकायको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न