१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बुटवलमा दुइदिने चित्रकला प्रर्दशनी शुरू



बुटवल । बुटवलमा सिर्जनशील चित्रकला प्रर्दशनी शुरू भएको छ । २ दिनसम्म संचालन हुने चित्रकला प्रर्दशनीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुबेदीले एक समारोहबिच उद्घाटन गरे ।

उनले कला संस्कृतिको सम्मान र संरक्षणका लागि बुटवलले नमुना कार्यको थालनी गरेको बताए ।गरिएको बताए । उनले समयमै कला संस्कृतिको संरक्षण र जगेर्ना गर्न नसके ठूलो समस्या निम्तिन सक्ने बताए ।

बुटवल उपमहानगर भाषा,साहित्य,कला,संस्कृति प्रतिष्ठान अन्तर्गत गठित कला तथा अनुसन्धान विभागको संयोजन र नेपाल व्यवसायिक कलाकार संघ,रुपन्देहीसँगको सहकार्यमा चित्रकला प्रर्दशनी भएको हो । प्रदर्शनीमा चित्रकला सम्बन्धि विषयवस्तु सुमित्रा रानाले प्रस्तुत गरिन् ।

सो अवसरमा बोल्दै उपमहानगरकी उपमेयर गोमादेबी आचार्यले परिषदको सक्रियताको प्रशंसा गरिन् । उनले संस्कार र संस्कृतिको जगेर्नामा लाग्नुपर्ने धारणा राखिन् ।

प्रतिष्ठानका अध्यक्ष झपेन्द्र जिसीको अध्यक्षता तथा प्रतिष्ठानका सचिब दलबहादुर गुरुङको संचालनमा उद्घाटन कार्यक्रम भएको हो । सो अवसरमा कार्यक्रम संयोजक झविन्द्र थापा लगायलते बोलेका थिए ।

चित्रकला प्रर्दशनीमा २० जना चित्रकारले ४० तस्वीर प्रदर्शनका लागि राखेका छन् । बुटवलको न्यु इरा होटलमा शुरू भएको चित्रकला प्रर्दशनीमा निशुल्क प्रबेशको ब्यबस्था मिलाइएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ४ : ३६ बजे

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको

आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक

काठमाडौं। लोकेश बमले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् ।

अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग

झापा । भारतबाट हुने अवैध आयात र दक्षजनशक्तिको अभावले झापाका

राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा तीन