१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

तीज महोत्सवको तयारी अन्तिम चरणमा, चर्चित नृत्य निर्देशक केबी शाहीलाई सम्मान गरिने



खजुरा । खजुरा क्षेत्र संरक्षण समितिको १८ औं सृङ्खलाकारुपमा आयोजना गरिएको १८ औं बृहत तीज महोत्सव २०८० को तयारी अन्तिम चरणमा पुगेको छ ।

महोत्सवमा भागलिने स्थानीय महिलाहरुको समुह र एकल नृत्यमा भाग लिने कलाकारहरुले धमाधम नाम दर्ता गर्न सुरु गरेको आयोजक खजुरा क्षेत्र संरक्षण समितिले जनाएको छ । खजुरा बजारको लक्ष्मीनारायण मन्दिर अगाडि हुने महोत्सवमा लोकनृत्य र लोक संगीत बिधामा खजुरा क्षेत्रकै नाम उच्च स्थानमा पु¥याउने खजुरा क्षेत्रका ख्यातिप्राप्त नृत्य निर्देशक तथा बाध्यवादक केबीशाहीलाई सम्मान गरिने क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेमबहादुर बुढाथोकीले बताए ।

खजुरा क्षेत्रमा संगीत यात्रा सुरु गरि नेपालका बिभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा लोकनृत्य बिधामा प्रथम बनाउन सफल नृत्य निर्देशक तथा ख्यातिप्राप्त बाध्यवादक केबी शाहीलाई सम्मान गर्ने निर्णय गरिएको बुढाथोकीले बताए । शाहीले नृत्य सिकाएका धेरै कलाकारहरु नेपालका बिभिन्न प्रतियोगिताहरुमा प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।

महोत्सवमा मौलिक तीजको गीत र नृत्यलाई प्रोत्साहित गरिने तथा प्रतियोगितामा भाग नलिने दिदीबहिनीहरुलाई पनि कला प्रदर्शनका लागि स्टेज प्रदान गरिने सांस्कृतिक उपसमितिका संयोजक खगेन्द्रसिंह ठकुरीले बताए ।

परम्परादेखि ब्रतालुहरु मन्दिरमा पुजा गर्न आउने र खजुराबजारमा आफ्नो पिरमर्कालाई तीजको गीतको माध्यमबाट प्रकट गर्ने गरेको संस्कृतिलाई संयोजन गरि २० वर्ष पहिलेबाट खजुरा क्षेत्र संरक्षण समिति तीज महोत्सवको थालनी गरेको थियो । त्यसैको निरन्तरताकारुपमा १८ औं पटक महोत्सव आयोजना गरिएको समितिका सल्लाहकार शिवराज श्रेष्ठले बताए ।

महोत्सवमा स्थानीय विद्यालय, क्लव र महिला समुहले प्रतियोगितामा भाग लिएका छन् भने कार्यक्रमकैबीच लाखेनाच पनि प्रदर्शन हुने छ । दर्शकलाई बस्न सुबिधासम्पन्न टेण्ट र उच्च गुणस्तरको साउण्ड सिस्टमको ब्यवस्था गरिएको मञ्च ब्यवस्थापनका संयोजक रोसन सापकोटाले बताए ।

महोत्सवमा १० हजार बढी दर्शकको उपस्थिती रहने आयोजकले अपेक्षा गरेको छ ।

प्रकाशित मिति : ३० भदौ २०८०, शनिबार  १ : ४० बजे

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,