२० असार २०८३, शनिबार | July 4, 2026

खजुरा तीज महोत्सवमा सामुहिक नृत्यको उपाधि सगरमाथा ग्रुप र एकलको उपाधि ज्ञानोदयकी करुणालाई(फोटोफिचर)



खजुरा । खजुरा क्षेत्र संरक्षण समितिको १८ औं सृङ्खलाकारुपमा खजुरा बजारमा आयोजित बृहत तीज महोत्सवमा सामुहिक नृत्युको उपाधि सगरमाथा ग्रुप, नेपालगन्जलेले हासिल गरेको छ । सगरमाथा ग्रुप, नेपालगन्जले सामुहिक नृत्यमा सर्वाधिक नम्बर ल्याएर ३५ हजार पुरस्कार प्राप्त गरेको छ ।

महोत्सवको सामुहिक नृत्यु तर्फको दोस्रो स्थान हिमालय बिद्या निकेटन, बैजनाथ र तृतिय स्थान दिपक बोर्डिङ स्कुल, खजुराले हात पारेको छ । दोस्रो हुने हिमालयले १५ हजार र तृतिय हुने दिपकले १० हजार पुरस्कार प्राप्ग गरेका छन् ।

एकल तीज नृत्य तर्फ प्रथम स्थान ज्ञानोदय माविकी करुणा शाहीले प्राप्त गरेकी छन् भने दोस्रो स्थान जनसेवा माबीकी सुभेक्षा बोहोरा र तृतिय स्थान दिपा सुनारले प्राप्त गरेकी छन् । उनीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा पुरस्कृत हुन सफल टिम र कलाकारलाई खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्लले पुरस्कार तथा प्रमाणपत्र वितरण गरिन् । कार्यक्रमको उदघाटन पनि उपाध्यक्ष मल्लले मञ्चमा छमछम नाचेर गरेकी थिइन् । ठुलो संख्याको दर्शकको उपस्थितीमा सम्पन्न महोत्सवमा लाखे नाच प्रदर्शन गरिएको थियो ।

कार्यक्रमकाबीच खजुरा क्षेत्रबाट कला क्षेत्रमा प्रवेश गरि ख्याती कमाएका नृत्यु निर्देशक तथा बाद्यबादक केबी शाहीलाई नगद सहित सम्मान गरिएको थियो ।

महोत्सवबाट बचेको रकमबाट संरक्षण समितिको भवन मरमत तथा निर्माण गर्ने लक्ष्य राखिएको खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेम बुढाथोकीले बताए ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १० : ०६ बजे

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई