१९ बैशाख २०८१, बुधबार | May 1, 2024

सिद्धार्थ जेसिजमा बिवाद : राणा र भण्डारीको दाबी अध्यक्ष म हो



भैरहवा । रुपन्देही जिल्लाको भैरहवामा रहेको सिद्धार्थ जेसिजमा अध्यक्ष पदमा चरम विवाद देखिएको छ ।

७६ साल माघ ४ गते ४४ औँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशनमा दुई अध्यक्षको उम्मेदवारी परेर निर्वाचन समितिले मंगल भण्डारीलाई अध्यक्ष घोषणा गरेपछि अर्का अध्यक्षका प्रत्यासी भुवन राणाले उमेर बढी भएका कारण दाबी बिरोध गरे पछि विवाद छताछुल्ल भएको पाइएको छ ।

एक पक्षले साधारण सभाबाट अध्यक्ष भएको र अर्को पक्षले उमेरमा दाबी बिरोध गरेका कारण आफु स्वतः अध्यक्ष भएको दाबी गरेका कारण विवाद बढ्दै गएको हो ।
दाबी बिरोधको प्रक्रियाबाट अंघि बढ्नुपर्ने प्रतिबेदन पेश गरे पश्चात संचालक समितिले निर्णयको सम्पूर्ण अधिकार सर्व सम्मतरुपमा नेपाल जेसिज सचिवालयलाई प्रत्यायोजन गरेको राणाले जानकारी गराएका छन् ।

कुनैपनि पदमा एकजना मात्र उम्मेदवार भएको खण्डमा त्यस्तो उम्मेदवारलाई निर्विरोध निर्वाचित घोषणा गरिनेछ भन्ने ब्यवस्था अनुरुप नेपाल जेसिजबाट सिद्धार्थ जेसिजको विषयमा सिद्धार्थ जेसिज वर्ष २०२० को अध्यक्षको पदका लागि भुवन राणा नेपाल जेसिजले बैधानिकता प्राप्त गरेको पत्रकार सम्मेलनमा दाबि गरेका छन् ।
भैरहवामा पत्रकार सम्मेलन गर्दै राणाले जेसिजको बिधानमा ४० वर्ष उमेर कटेको अध्यक्ष बन्न नपाउने नियम भएका कारण आफूले दाबी बिरोध गरेको हुँदा अन्य अध्यक्षको प्रत्यासी नभएका कारण आफू स्वतः अध्यक्ष भएको भुवन राणा बताउँछन् ।

नेपाल जेसिजको संचालक समितिको दोस्रो बैठकमा सो समितिले निर्वाचन प्रक्रियामा अर्का उम्मेदवारले उमेर हद नाघेकाले अध्यक्ष पदका लागि अयोग्य घोषित गरि दाबि बिरोधको प्रक्रिया सम्म निर्वाचन बैधानिक रहेको तर दाबी बिरोध पश्चातको निर्वाचन अबैधानिक रहेको राणाले दाबी गरेका छन् ।

२०१८ सिद्धार्थ जेसिजको अध्यक्ष तथा २०१९ को नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष भएका कमल भण्डारीले उमेर हद भएका कारण अध्यक्षका प्रत्यासी भुवन राणानै सिद्धार्थ जेसिजको अध्यक्ष भएको दाबि गर्छन । उनले भनेका छन् अर्का अध्यक्षका प्रत्यासि मंगल भण्डारीको उमेर ४० वर्ष भन्दा माथि भएका कारण अध्यक्ष हुन सक्दैनन् तसर्थ स्वतः आधिकारीक अध्यक्ष भुवन राणा नै हुन् ।

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अशोक शंकरले बिधान अनुसार यदि कुनै पदमा एक जना मात्र उममेदवार भएको खण्डमा त्यस्तो उम्मेदवारलाई निर्बिरोध निर्वाचित भनि घोषणा गरिनेछ भन्ने ब्यवस्था रहेकाले सोहि ब्यवस्था अनुरुप सिद्धार्थ जेसीजको विषयमा जेसी भुवन राणाज्यू नै सिद्धार्थ जेसीज वर्ष २०२० अध्यक्ष पदका लागि नेपाल जेसीज सचिवालयको निर्णय अनुसार बैधानिकता प्रदान गरिएको बताए ।

साधारण सभाका अध्यक्षका प्रत्यासी भुवन राणाले आफु नै बैधानिक अध्यक्ष भएको दाबी गरेका छन् भने उता साधारण सभाबाट अध्यक्ष भएको र प्रमुख निर्वाचन आयुक्त डाक्टर सम्भु कुमार गुप्ताबाट अध्यक्ष भएको आधिकारीक प्रमाण पत्र पाएका कारण आफू नै अध्यक्ष भएको मंगल भण्डारीको दाबि छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ९ : ४७ बजे

नेपाल वेस्ट इन्डिज ए सँग पराजित

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ

चीन सधैँ नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताको पक्षमा – देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले हालै

नविल बैंक चोरी प्रकरणमा १ भारतिय सहित ४ जना पक्राउ

वीरगंज । वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने

नेपालले तेस्रो विकेट गुमायो, आरिफ आउट

काठमाडौं । नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका आरिफ