१६ बैशाख २०८१, आइतबार | April 28, 2024

रङ्गशालामा बन्यो शौचालय



तनहुँ । तनहुँको भिमाद नगरपालिका–६ स्थित क्याम्पस रोड नजिकै निर्माण गरिएको भिमाद रङ्गशालामा शौचालय निर्माण कार्य सम्पन्न भएको छ ।

जिल्लाकै ठूलो दाबी गरिएको भिमाद रङ्गशाला भवन निर्माणपछि शौचालय निर्माण गरिएको हो । शौचालय निर्माणपश्चात उक्त क्षेत्रमा खेलकूदका लागि आउनेका लागि सहज भएको छ । गण्डकी प्रदेश सरकारको रु २५ लाखको लागतमा उक्त शौचालय निर्माण गरिएको हो ।

शौचालय निर्माणका लागि स्थानीय प्रगति टोल विकास संस्था, भिमाद युवा क्लब र जन शान्तिनगर युवा क्लबको सक्रिय सहयोग रहेको शौचालय निर्माण गरिएको निर्माण समितिका अध्यक्ष उज्ज्वल खनालले जानकारी दिए ।

युरिनोसहित महिला, पुरुष र अपाङ्गतामैत्री शौचालय निर्माण गरिएको हो । उनले भने, “शौचालयको माथिल्लो तलामा भिमाद नगर खेलकूद विकास समितिको कार्यालय निर्माण गर्ने तयारी भइरहेको छ ।”

खेल खेल्नका लागि रङ्गशालामा आउने खेलप्रमीका लागि शौचालय नहुँदा अन्यत्र भौतारिनुपर्ने अवस्था थियो । उनले भने, “शौचालय निर्माणपश्चात समस्याको अन्त्य भएको छ ।”

शौचालय भवन माथिल्लो तलामा खेलकूद विकास समितिको कार्यालय निर्माण गर्ने तयारी भइरहेको समितिका अध्यक्ष प्रेम थापाले बताए । भवन निर्माणपश्चात कार्यालयमा एक कार्यालय सहयोगी राखेर खेल्न आउने खेलाडीलाई आवश्यक खेल सामग्री उपलब्ध गराउने लक्ष्य रहेको उनले बताए ।

समितिले खेल सामग्री निःशुल्करूपमा उपलब्ध गराउने छ । उनले भने, “फुटबल, भलिबल, बास्केटबललगायत खेल सामग्री समितिले व्यवस्था गर्नेछ, खेल खेल्न आउने खेलाडीले कुनै पनि खेल सामाग्री ल्याउनु पर्दैन ।”

भिमाद रङ्गशालामा निर्माण गरिएको प्यारापिट दुई हजार ५०० क्षमताको रहेको छ । करिब ७५ मिटर लामो दूरीमा नौवटा स्टेज निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको रु ५० लाखको लागतमा उक्त रङ्गशाला निर्माण गरिएको हो । खेलकूद हेर्न आउने दर्शकका लागि बसेर हेर्न मिल्ने गरी उक्त प्यारापिट निर्माण गरिएको खनालले बताए ।

विसं २०७६ चैत १ मा सम्झौता गरी २०७७ जेठ १५ मा रङ्गशाला सम्पन्न गरेको हो । उक्त रङ्गशाला निर्माण भएपछि प्रदेशस्तरीय खेल प्रतियोगिताको लागि सहज हुने विश्वास गरिएको छ । प्रदेश सरकारद्वारा उक्त रङ्गशालाका लागि पुनस् रु २५ लाख थप बजेट विनियोजन भइसकेको बताइएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  १० : २७ बजे

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क