२४ माघ २०८२, शनिबार | February 8, 2026

नेपाल र युन्नानबीच मिडिया र पर्यटन विकासबारे गृहकार्य गरिने



काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी, युन्नान प्रान्त प्रचार विभाग प्रमुख चङ यानले नेपाल र युन्नान प्रान्तको विविध क्षेत्रको विकासका लागि दुवै देशका सञ्चारमाध्यमले मिलेर काम गर्ने बताएकी छन् ।
नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार यहाँ आइपुगेकी चङले नेपाल चीन मिडिया फोरमद्वारा आज आयोजित स्वागत समारोहमा नेपाल र युन्नान प्रान्तको भूगोल, तापक्रम, बोट बिरुवा, जनावर आदिमा समानता पाइने जनाउँदै न्यू मिडिया आदिमार्फत नेपाल चीन दुवैको पर्यटन विकास गर्न गृहकार्य गरिने जानकारी दिइन् ।
उनले ससाना भिडियो, चलचित्र आदि बनाएर नेपाल र चीनको युन्नानलगायत क्षेत्रको इतिहास, संस्कृति र जनजीवनबारे प्रचारप्रसार गर्न पहिलो चरणमा  मिडियाबाट काम गरिने बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेपाली प्रतिनिधिमण्डल र नेपाली नागरिकलाई फलफूल, फूललगायत बोट बिरुवा, तरकारी, चिया उत्पादन आदिको राजधानी मानिएको युन्नानमा पनि भ्रमण गर्न आग्रह गरिन् ।
युन्नान सूचना कार्यालयका नायब महानिर्देशकलाई योङले बिआरआइअन्तर्गत चीन र लाओसबीच रेलवे सेवा सञ्चालनमा आएको र यसबाट लाओसीहरूको जीवनस्तर एकदमै बढेको जनाउँदै आगामी दिनमा नेपाललगायत दक्षिण एसियाका पत्रकारलाई तालिम दिइने र भिडियो आदि बनाउन सहकार्य गरिने बताए ।
चिनियाँ प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल चीन मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले बेल्ट एन्ड रोड इनिसियटिभ आरम्भ भएको १० वर्ष र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको चौथो वर्ष प्रवेशका अवसरमा नेपाल र युन्नानका सरकारी पदाधिकारीलाई मिडिया क्षेत्रमा सहकार्य गर्न आग्रह गरे ।
उनले नेपाली पत्रकारका लागि चिनियाँ भाषा र तिनका सन्ततिलाई युन्नानमा व्यावसायिक सीप प्रदान गर्न प्रतिनिधिमण्डललाई आग्रह गर्दै यहाँ नेपाल, चीन, भारत र  भुटानका पत्रकारको सम्मेलन गर्न पनि आह्वान गरे ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले सत्र वर्षअघि चीनको भ्रमण गरेका  नेपाली पत्रकारले स्वदेश फर्केपछि मिडिया फोरम खोलेको र यसले  पुस्तक प्रकाशन, गोष्ठी आदि गरिरहेको तथा यसै संस्थामार्फत हालसम्म पाँच सय पत्रकार, बुद्धिजीवी, पूर्वमन्त्रीले उत्तरी छिमेकी देशको भ्रमण गरिसकेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल आठ दिनसम्म चीनमा रहने र त्यसले कैलाश मानसरोवरको पनि भ्रमण गर्ने बताए ।
पूर्वराजदूत कमलप्रसाद कोइरालाले चीनको प्रगतिबाट नेपाललाई धेरै फाइदा हुने विश्वास व्यक्त गगरे भने पत्रकार पुष्पराज प्रधानले चीनले नेपालमा अहस्तक्षेपका साथ विकासका लागि सहयोग गरिरहेको जनाउँदै नेपाली चीनको सहायता आएको हेर्न इच्छुक रहेको विचार व्यक्त गरे ।
सो अवसरमा फोरमद्वारा प्रकाशित ‘नेपालीको नजरमा सि चिनफिङ’ (सि चीनफिङ थ्रु नेपलिज आइज) शीर्षक द्विभाषिक पुस्तक विमोचन पनि गरिएको थियो । कृतिमा नेपाल चीन सम्बन्ध, चिनियाँ राष्ट्रपति सिको सफलताको रहस्य, उनको नेपाल भ्रमण र विशेष स्नेह, उनप्रति नेपाली राजनीतिकर्मीको धारणा आदि विषय समाविष्ट छ ।
चिनियाँ नेत्री चङकै उपस्थितिमा ‘जनआस्था साप्ताहिक’ र ‘युन्नान डेली मिडिया हाउस’ का अध्यक्ष ह चुकुनले सो साप्ताहिकमा युन्नानका खबर प्रकाशन गर्नेबारे एकवर्षे  सम्झौता पनि गरे । ‘जनआस्था साप्ताहिक’ ले आजैदेखि युनान पृष्ठ पनि आरम्भ गरेको छ । प्रतिनिधिमण्डलले सो साप्ताहिकको सम्पादन र अनलाइन कक्षको पनि अवलोकन गरेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ७ : ०८ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको