१ आश्विन २०८३, बिहिबार | September 17, 2026

पैगम्बर हजरतको १४९८ औं जन्मोत्सवको अवसरमा बुटवलमा विभिन्न कार्यक्रम गरिदै



बुटवल । ईस्लाम धर्मावलम्बीहरुको पैगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्लमको १४९८ औं जन्मोत्सव उपलक्ष्यमा बुटवलको रजा-ए-मुस्तफा जामे मस्जिद समिति परिवारले सप्ताहव्यापी रुपमा मनाउने भएको छ । समितीले जस्मे ईद मिलादुननबीसहित विभिन्न कार्यक्रम सप्ताहव्यापी गर्ने भएको हो ।

सप्ताहव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन सोमबार संस्थाको सभाहलमा ईस्लामिक अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष मुहम्मद इस्काइलले जानकारी दिए ।  कार्यक्रमबारे जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोलदै उनले सामाजिक कार्यमा समेत सरिक भएर यश वर्षको पर्व मनाउन लागिएको उल्लेख गरे ।

सोही अनुसार असोज बुधबार बुटवल-११ देविनगरमा अवस्थित नेपाल अपाङ्ग आश्रममा खाद्यान्न वितरण गरिने वरिष्ठ उपाध्यक्ष हाजी अब्दूल सहमतले जानकारी दिए । यसैगरि सोही दिन साँझ ७:३० देखि १० बजेसम्म मिलादुननबी कार्यक्रम आयोजना गरिएको छ ।

असोज ११ गते विहिबार विहान बुटवल बजार परिक्रमा ‘र्याली’ कार्यक्रम तय गरिएको सचिव जनूर दिन वारसीले जानकारी दिए । ‘यौमे बिलादत’लाई हर्सोउल्लासका साथ मनाउदै मनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको समितीले जनाएको छ । सप्ताहव्यापी कार्यक्रममा समिति अन्तरगत रहेका ५ हजार बढी मुस्लिम समुदायहरु सहभागी हुने बताएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ६ : ४२ बजे

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा