२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

क्रिकेट खेलाडी भीम सार्कीलाई फिनिक्स कलेजले दियो पूर्ण छात्रवृत्ति



काठमाडौ । नेपालको व्यवस्थापन शिक्षाको क्षेत्रमा विगत १२ वर्षदेखि दक्ष तथा अनुभवी जनशक्ति उत्पादन गरिरहेको फिनिक्स कलेज अफ म्यानेजमेन्टले नेपाली क्रिकेट टिमका ब्याट्सम्यान भीम सार्कीलाई विविए अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ।

कलेजका निर्देशक अविनाश अधिकारीले भीम शार्कीको क्रिकेट प्रतिको समर्पण प्रशंसनीय छ, उनको क्षमता र प्रतिवद्धतालाई सम्मान गर्दै यो छात्रवृत्ति मार्फत उनको शैक्षिक यात्रामा सहयोग गर्न पाउँदा कलेज परिवार गौरवान्वित भएको वताए।

फिनिक्स कलेज अफ म्यानेजमेन्टले यसअघि राष्ट्रिय क्रिकेट टिमका खेलाडी ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको थियो। फिनिक्स कलेज अफ म्यानेजमेन्ट लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी एमबीए तथा विविए कार्यक्रम सञ्चालन गर्ने नेपालको पहिलो कलेज हो ।

फिनिक्स कलेज अफ म्यानेजमेन्ट परिवार भीम सार्कीलाई उनको शैक्षिक कार्य र क्रिकेट करियरमा सफलताको कामना गर्दछौ। हामी खेल र समाज दुवैमा क्षेत्रमा उनको योगदान र उपलब्धिको साक्षी बन्न तत्पर छौं।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ३ : ०९ बजे

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु

राप्रपाको ‘नो इन्ट्री’ निर्णयले बागमतीको सत्ता समीकरण थप पेचिलो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे