१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

कोरिया नेपाल बहुप्राविधिक शिक्षालय तामनगरमा रूट इन्डष्ट्रिज अन्तरगर्त वेल्डिङ व्यवसाय तालिम सुरू



बुटवल । कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा रूट इन्डष्ट्रिज अन्तरगर्त वेल्डिङ व्यवसाय तालिम सुरू भएको छ । दक्षिण कोरियामा सीपयुक्त जनशक्ति पठाउन उद्देश्यले देशभरबाट छनौट भएका ३५ जना युवालाई २४० घण्टाको वेल्डिङ तालिम सञ्चालन भएको हो ।

तालिममा सहभागी युवा सीप परिक्षण तथा भाषा परिक्षापछि छनोट भई कोरिया जानेछन । तालिमको सोमबार नेकपा एमालेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै पूर्व मन्त्री श्रेष्ठले आजको समयमा सीप नैं पहिलो र आधारभूत कुरा भएको उल्लेख गरे । उनले विश्वका जुनसुकै कुनामा गएर आफूलाई रोजगार वा स्वरोजगार गराउन प्राविधिक शिक्षाको खाँचो औल्याए । बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेयले संसारको बजारले सीपसहितको युवा खोजहेको बताए ।

उनले हरेक व्यक्तिले सीप सिक्न आवश्यक रहेको बताउँदै सीप भएको व्यक्तिलाई नेपालमा पनि ठूलो अवसर रहेको बताए ।

कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल नविन किशोर गैरेले पाइलट प्रोजेक्ट अन्गरगर्त तालिम सुरू गरिएको बताए । शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख रुपन्देहीका प्रमुख माधव बन्जाडे प्राविधिक शिक्षामा विद्यार्थी पाउनै गाह्रो भएको बताउँदै टेक्निकल शिक्षा पनि साधारण शिक्षा जस्तै भएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश निर्देशक तथा सिटिईभिटिका प्रमुख गोपाल आचार्य, इन्जिनियर अमर अधिकारी, रिटर्नीहरुका प्रतिनिधिका गम्भीर गुरूङ, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल लगायतले बोल्दै इपिएस प्रणालीको परीक्षाको व्यवस्था पनि बुटवल क्षेत्रमा हुनुपर्नेमा जोड दिएका थिए ।

शिक्षालय प्रमुख वि.स. २०६९ सालदेखि ३ वर्षीय डिप्लोमा तह बहुप्राविधिक तालिम सञ्चालन गर्दै आएको छ । प्राविधिक शिक्षामा उत्कृष्ट बनेको शिक्षालयमा ९०० विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ४ : ०३ बजे

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

चितवन । सोह्र वर्षअघि भरतपुर अस्पताल नजिकै घर भएका धर्म

सिद्धबाबा मन्दिरमा श्रावणी मेला सुरु, साउनभर जलार्पणका धार्मिक कार्यक्रम

बुटवल । पाल्पाको प्रसिद्ध सिद्धबाबा मन्दिरमा साउन महिनालाई लक्षित गर्दै

प्रतिनिधिसभाको बैठक आज, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे