५ श्रावण २०८३, मंगलबार | July 22, 2026

४३ करोड सहकारीको रकम हिनामिनाका मुख्य नाईके चौधरी कारागार चलान



नेपालगञ्ज । ४३ करोड हिनामिना भएको मुद्दामा अभियुक्त बनाईएका सहकारी वित्तीय विकास संस्था लिमिटेड, नेपालगञ्जका अध्यक्ष हरदेवबक्स चौधरीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

झण्डै १ वर्ष अगाडी ४३ करोड रुपैयाबढी हिनामिना भएको खुलासा भए लगत्तै सहकारीका अध्यक्ष चौधरी फरार थिए । साउन मान्न लुकिछिपि घर आएका चौधरीलाई गत साता प्रहरीले नेपाल भारत सिमा जमुनाहाबाट पक्राउ गरेको थियो । चौधरीलाई बिहीबार अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो ।

प्रहरीले अदालतमा पेश गरेको मुद्दामा सहकारी घोटालामा ४१ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्येमा अध्यक्ष चौधरीसहित आठ जना कारागार पुगेका छन् । कारागार पुग्नेमा गोपाल भण्डारी, गंगाधर सुवेदी, अरुण पाठक, गौरव श्रेष्ठ, बलराम यादव, सूर्य विक र रविन्द्र थापा रहेका छन् ।

बाँके प्रहरीका अनुसार, २७ जना प्रतिवादी अदालतमा उपस्थित भएका छन् । अदालतमा उपस्थित भएका मध्य गौरव श्रेष्ठ र रबिन्द्र थापालाई अदालतले कारागार चलान गरेको थियो । सहकारीका संचालकहरु सहित ६ जना अझै फरार रहेका छन् ।

सहकारी पीडितहरु संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका छन् । अध्यक्ष चौधरी पक्राउ परेपछि आफहरुले जम्मा गरेको निक्षेप रकम फिर्ता हुनेमा आशाबादी भएका पीडितहरु बिहीबार अदालत आसपासमा पुगेका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  १० : १४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं