१ आश्विन २०८३, बिहिबार | September 17, 2026

खानेपानी निर्माण तथा उपभोक्ता समूह बुद्धनगरद्वारा रक्तदान



बुटवल । खानेपानी निर्माण तथा उपभोक्ता समूह बुटवल-११ बुद्धनगरले बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको समूहले नियमित कार्यक्रम अन्तर्गत ९ औं पटक रक्तदान गरेको हो ।

सो अवसरमा बोल्दै खानेपानी निर्माण तथा उपभोक्ता समूहका अध्यक्ष आशिष सुर्यवंशीले नियमित रक्तदान गर्दै आइरहेको बताए । सामाजिक काममा सक्रिय, पारदर्शी र खानेपानी सर्वसुलभ शुल्कमा उपलब्ध गराउने संस्थाको नाममा परिचय बनाएको छ ।

उनले खानेपानी संस्थाबाट धेरै रक्तदान गर्ने संस्थामा आफूहरू पहिलो रहेको बताए । उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्य गर्दै आफूहरू अगाडि बढने स्पष्ट पारे । खानेपानी समूहमा १ हजार १६६ उपभोक्ता रहेका छन । सो अवसरमा ६० युनिट भन्दा बढी रगत संकलन भएको संस्थाले जनाएको छ ।

समूहले सहरी स्वास्थ्य चौकी र स्कूललाई निशुल्क खानेपानी उपलब्ध गराउदै आएको छ । समूहका अध्यक्ष आशिष सुर्यवंशीको अध्यक्षता, उपाध्यक्ष जगतनारायण मण्डलको स्वागत तथा सचिव अर्जुन जिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ४ : ३५ बजे

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा