१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

रुपन्देहीको तिलोत्तमामा खुल्यो ‘सिद्धार्थ भुमि’ : घर निर्माण देखी आन्तरिक सजावटका समानहरु एउटै छानामा



बुटवल । फरक परिकल्पनासहित युवा व्यवसायीहरु मिलेर रुपन्देहीको तिलोत्तमामा सिद्धार्थ भुमि इन्टरनेशन ट्रेडिङ्ग प्रालि सञ्चालनमा ल्याएका छन् । तिलोत्तमा–५ मणिग्राममा शुभारम्भ हुने भएको हो ।

लामो समयदेखि संचालनमा आएको सो कम्पनीले यहि असोज १२ र १३ गते विधिवत रुपमा कम्पनीको शुभारम्भ गरि सेवा सुचारु गर्ने भएका हुन ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निजी क्षेत्रको लगानीमा अत्याधुनिक सेवा सुविधासहित सम्भवत नेपालकै सबैभन्दा ठूलो घर निर्माण देखी आन्तरिक सजावटका सामग्री केन्द्र स्थापना गरी सेवा दिँदै आएको सो कम्पनीले दाबी गरेको छ । निर्माणका लागि चाहिने सबै सामग्री एकैठाउबाट उपलब्ध गराउने छ । कम्पनीले सेवाग्राहीको चाहना अनुसारका सामग्री वितरण गर्ने र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेको कम्पनीका डिरेक्टर (निर्देशक) रितेश सिलवालले बताए ।

सो कम्पनीमा विभिन्न व्यवसायबाट अनुभव संगालेका ३ युवाहरु आवद्ध रहेका छन् । समग्र देश र लुम्बिनी प्रदेश भरि आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ अगाडि बढेको सञ्चालक तथा निर्देशक रामप्रसाद घिमिरेले बताए । सो कम्पनीमा एकै छानामुनि अन्तर्राष्ट्रिय रुपमा चिरपरिचित जोह्न्सोन टायल सहित एमसेर, गेविस, एब्रोड एण्ड एक्टिभा र क्रेंजाका उत्पादन रहेका छन् ।

त्यस्तै प्लाइउडहरुमा क श्रेणीमा आउने ग्रिनप्लाई जस्ता ब्रान्डका प्लाईउडहरु, यूपीभीसीमा सबैभन्दा अब्बल डिमेक्स युपिभिसी ब्रान्डको प्रोफाइल र हार्डवेयर सामग्रीहरु साथै विश्वको नम्बर ३ र एसियाको नम्बर १ लेमिनेटस, लेमेंट ग्रीन्लम सरु विश्वको नम्बर एक रोका सेनिटरिवेयर साथै पेर्रिवेयर कम्पनीका सेनिटरिवेयर, धारा, तथा बाथ फिटिङ्गहरु पाइने जानकारी संचालक तथा निर्देशक नारायण केसीले जानकारी दिए ।

साथै जर्मन टेक्नोलोजी र भारतमा निर्मित सेरासिल कम्पनीका ग्रेनाइट सिंक, हार्डवेयर सिंक र किसिम किसिमका चिम्नीहरु, विश्वविख्यात फिलिप्स ब्रान्डका स्विच लाइट सिस्टम इन्डियाको टप कम्पनि कालापतारुका ढोकाहरु सटरिङ्ग पलाईमा सबैभन्दा अब्बल हेसाब्रान्डका सटरिङ्ग प्लाई आदि पाइने संचालक बताउछन ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ६ : ०५ बजे

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,

सरकार संघीयताप्रति प्रतिबद्ध छ, हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा छैनौँ : प्रधानमन्त्री बालेन्द्र

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने