९ कार्तिक २०८३, सोमबार | October 26, 2026

एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित



काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा अर्का अध्यक्ष पदका प्रत्यासी कृष्णप्रसाद दाहाललाई पराजित गर्दै ढुंगेल निर्वाचित भएका हुन् । ढुङ्गेले ६ सय ९६ मत प्राप्त गर्दा दाहालले ४ सय ३९ मत मात्र पाएका छन् ।

उपाध्यक्ष पदमा दावा दोर्जे लामा विजयी भएका छन् । त्यसैगरि सचिवमा नवराज सिलवाल एक मतको अन्तरले विजयी भएका छन् । सिलवाले ५ सय ६८ मत प्राप्त गर्दा अर्का प्रत्यासी हस्त पण्डितले जम्मा ५ सय ६७ मत मात्र प्राप्त गरे ।

खुला उपसचिवमा प्रेम कुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी भएका छन् । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलमा आज मतदान भएको थियो । मतदानमा १ हजार १ सय ३५ मत खसेको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  १२ : १० बजे

आजदेखि एनपीएलको तेस्रो संस्करण, उद्घाटनमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाली क्रिकेटको चर्चित फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै