८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

न्युयोर्कमा ८० बर्ष पछि सबैभन्दा धेरै बर्षा, आपतकालको घोषणा



न्युयोर्क। भारी वर्षाले न्युयोर्कमा बाढीको अवस्था सिर्जना भएको छ ।

शुक्रबारदेखि परेको पानी पछिल्लो दशकमा एकै दिनमा भएको सबैभन्दा बढी हो । सहरका धेरै सब वे र रेल लाइनहरू बाढीले डुबानमा परेका छन् भने सामान्य जनजीवन नराम्ररी प्रभावित भएको छ। सहरका धेरै तल्लो क्षेत्र पानीले भरिएका छन्।

न्युयोर्कको लागार्डिया एयरपोर्टको टर्मिनल पनि बन्द गर्नु परेको छ । न्यूयोर्कको ब्रुकलिनमा करिब ७ इन्च पानी परेको अमेरिकी मौसमविद्हरूले बताएका छन् । केही स्थानमा एक घण्टामा साढे दुई इन्च पानी परेको थियो । जोन एफ केनेडी एयरपोर्ट क्षेत्रमा करिब आठ इन्च वर्षा भयो, जुन सेप्टेम्बर महिनाको रेकर्ड वर्षा हो।

यसअघि सन् १९६० मा डोना चक्रवातमा यति धेरै वर्षा भएको थियो । दुई वर्षअघि चक्रवाती आँधी इडाका कारण उत्तरपूर्वी क्षेत्रमा भारी वर्षाका कारण करिब १३ जनाको ज्यान गएको थियो । वर्षाका कारण अहिलेसम्म कुनै मानवीय क्षतिको खबर नआए पनि यसले जनताका दुई वर्ष पुरानो डरलाग्दो सम्झना पक्कै ताजा बनाएको छ ।

न्यूयोर्कका गभर्नर र मेयरले आपतकालको घोषणा गरेका छन् र मानिसहरूलाई प्रभावित क्षेत्रहरूबाट टाढा रहन अपील गरेका छन्। भारी वर्षाका कारण म्यानहट्टनबाट जाने मेट्रो–उत्तर रेलमार्ग बन्द गर्नु परे पनि साँझबाट पुनः सञ्चालनमा आएको थियो । सडकमा पानी जमेकाले सार्वजनिक यातायात पनि ठप्प भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  १० : १४ बजे

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,

नेपालगञ्जको वेस्टर्न मार्टमा आगलागी

बाँके । नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको वेस्टर्न मार्टमा आगलागी भएको

एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा एक पक्राउ

काठमाडौं । नेकपा (एमाले)को चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फागुन २२ गते साधारण तारिख

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक : कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा