१४ भदौ २०८३, आइतबार | August 30, 2026

रोल्पामा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौं । रोल्पामा आइतबार बेलुकी जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा परि दाङको राप्ती गाउँपालिका– ३ मसुरियाका २२ वर्षीय जेसीबीका सहचालक अमृत चौधरीको मृत्यु भएको हो।

रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देविराम भण्डारीका अनुसार जेसीबीको ब्रेक फेल भई सडक किनारमा पल्टिएको थियो। सोही जेसीबीले च्यापिएका चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाङदेखि रोल्पाको लिवाङतर्फ जाँदै गरेको इजी कन्स्ट्रक्सन प्रालि दाङको रा १ क ११८७ नम्बरको जेसीबी रोल्पा नगरपालिका– १ भदौरेस्थित लिवाङ सातदोबाटो खण्डमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १० : ०९ बजे

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

चीनले दिएको ३० करोड रुपैयाँ अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण

काठमाडौं। चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा