९ जेष्ठ २०८३, शनिबार | May 24, 2026

आजको मौसम : लुम्बिनीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना



काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका एक९दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश,  बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भू(क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ६ : ५६ बजे

८ बुँदै घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको १५ औं साधारण सभा सम्पन्न

नेपालगन्ज । ८ बुँदै घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

ऊर्जामन्त्री श्रेष्ठद्वारा स्युचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको निरीक्षण

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्युचाटारस्थित नेपाल

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक