१२ असार २०८३, शुक्रबार | June 27, 2026

टर्कीको आन्तरिक मन्त्रालय अगाडी आत्माघाती विष्फोट



अंकरा । प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) ले राजधानी अंकारामा भएको आत्मघाती बम आक्रमणको जिम्मेवारी लिएको छ ।

टर्की र यसका पश्चिमी सहयोगीहरूले आतंककारी करार गरेको पिकेकेले टर्कीको आन्तरिक मन्त्रालयको कार्यालय नजिकै विस्फोट गराएको थियो, जहाँ दुई प्रहरी अधिकारी घाइते भएका थिए । टर्कीका गृहमन्त्रीका अनुसार विस्फोटमा घाइते दुई प्रहरी अधिकारीकाे उपचार भईरहेको छ ।

पीकेकेले बम विष्फोटमा आफ्नो संलग्नता स्वीकार गर्दै भनेको छ कि हाम्रो अमर ब्रिगेडको टोलीले टर्कीको आन्तरिक मन्त्रालयको अगाडी, उनीहरूकाे सामुन्ने एउटा घटना घटाएको छ । एएनएफ समाचार एजेन्सीलाई सो पार्टीले पत्र पठाएर घटनाको जिम्मेवारी लिएको थियो । सो समाचार एजेन्सी एक कुर्द समाचार एजेन्सी हो, जसले मध्य पूर्वबाट समाचार सङ्कलन र प्रसारण गर्दछ ।

युरोपेली संघ, संयुक्त राज्य अमेरिका साथै टर्कीमा आतंकवादी समूह पिकेके १९८४ मा दक्षिण पूर्वी टर्कीमा सशस्त्र विद्रोह सुरु गर्यो, जसबाट अहिलेसम्म ४० हजार भन्दा बढी मानिसहरू मारिएका छन् ।

यसैबीच, नाटोका महासचिव जेन्स स्टोल्टनबर्गले आतंकवाद विरुद्धको लडाईमा टर्कीसँग नाटोको ऐक्यबद्धता व्यक्त गर्दै अंकारामा भएको आक्रमणको कडा निन्दा गरेका छन् । स्टोल्टनबर्गले घाइते प्रहरी अधिकारीहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् भने टर्कीका राष्ट्रपति एर्दोगानले संसदमा सम्बोधन गर्दै घटनालाई सम्बोधन गर्दै आतंकवादीहरूले आफ्नो उद्देश्य हासिल गर्न कहिल्यै नसक्ने बताएका छन्  ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ७ : २८ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३