बझाङ । मंगलबार दिउँसो गएको भूकम्पमा परी बझाङमा दुई जना घाइते भएका छन् ।
भूकम्पपछि भत्एिको घरले च्यापेर जयपृथ्वी नगरपालिका–१० का दुई जना घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
यस्तै भूकम्पका कारण सुख्खा पहिरो जाँदा जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ । जयपृथ्वी नगरपालिकाको माल्लालाग्ना भिरको केही ठाउँमा पहिरो गएको छ ।
अहिलेसम्म मानवीय क्षति नभएको तर थुप्रै संरचना भत्किएको प्रहरीले जनाएको छ । अहिले क्षतिको विवरण संकलन गर्ने काम भैरहेको छ ।
बझाङको जयपृथ्वी नगरपालिकालाई केन्द्रबिन्दू बनाएर दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो । त्यसको २६ मिनेटपछि सोही क्षेत्रमा ६ दशमलव ३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्ला र कर्णाली, बाँके जिल्लामा समेत महसुस गरिएको थियो । यस्तै भारतको दिल्लीमा पनि भूकम्पको धक्का महशुस गरिएको भारतीय संचार माध्यमले जनाएका छन् ।



















प्रतिक्रिया