३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

मुुख्यमन्त्रीको उपस्थितिमा कोरला नाकामा सुरक्षा बैठक



बेनी । चीनको स्वशासित क्षेत्र मुुस्ताङको सिमानामा रहेको कोरला नाकामा आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितमा जिल्ला सुुरक्षा समन्वय समितिको बैठक बसेको छ ।
प्रदेशस्तरीय सुरक्षाअन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखको उपस्थितमा प्रदेश तथा जिल्लास्तरीय सुरक्षा समन्वयको दुई चरणमा अलगअलग बैठक बसेको हो ।
समन्वय बैठकमा एक चीन नीतिप्रति प्रतिबद्ध भई सीमा सुरक्षा तथा सीमानाकामा अवाञ्छित गतिविधि हुन नदिन विशेष सुरक्षा सजगता अपनाउने विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए ।
प्रेस संयोजक सापकोटाका अनुुसार प्रधानमन्त्रीको चीन भ्रमणसँगै १४ वटा उत्तरी नाका पुनःसञ्चालन गर्ने मार्ग खुलिसकेकाले त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत बृहत् छलफल भएको छ ।
बैठकमा प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली, प्रदेश सांसद विकल शेरचन र प्रदेश सांसद नम्डु गुरुङ पनि उपस्थित भएका थिए । यसका अलवा मुख्यमन्त्रीको टोलीमा प्रदेश तथा जिल्ला सुरक्षा निकाय र प्रदेश तथा जिल्लास्थित सरोकारवाला कार्यालयका कर्मचारीहरूको उपस्थिति थियो ।
कागबेनीको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी उपल्लो मुस्ताङ प्रस्थान गरेको मुख्यमन्त्री पाण्डेसहितको टोलीले आज कोरला नाकाको स्थलगत निरीक्षण गरेको छ । पाण्डेले कोरला नाकाको भ्रमण सकेपछि सीमावर्ती क्षेत्रका आधा दर्जन गाउँमा पुगेर स्थानीयको समस्या र प्रदेश सरकारबाट सञ्चालित विकास निर्माणका योजनाका विषयमा गुुनासो सुुनेका थिए ।
प्रदेशका कार्यक्रम र जनसरोकारका विषयमा जानकारी लिन मुख्यमन्त्रीसहित नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा लगायतको टोली उपल्लो मुुस्ताङ पुगेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ९ : ४४ बजे

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका

बुटवलको मिलनचोक डेल्टा कम्पेलेक्समा रहेको नेपाली लुगाघर ल्यायो ‘जीवन परिवर्तन योजना’

बुटवल । बुटवलको मिलनचोक डेल्टा कम्पेलेक्समा रहेको नेपाली लुगाघरले सेवाग्राहीलाई

राइटपाथले बुटवलमा ग्राण्ड एजुकेसन कनक्लेभ गर्ने

बुटवल । शैक्षिक परामर्श सेवा प्रदायक संस्था राइटपाथ करियर काउन्सिलिङले