११ असार २०८३, बिहिबार | June 25, 2026

अपर तामाकोशीको हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन



काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीहरुबाट हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ ।

दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीले गत भदौ १८ गतेदेखि शेयरधनीहरुलाई १ कित्ता शेयर बराबर १ कित्ताको प्रति शेयर १०० रूपैयाँ अंकित दरको हकप्रद शेयर निश्कासन गरिरहेको छ ।

कम्पनीका संस्थापकहरु नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि.(नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद शेयर बापतको रकम सतप्रतिशत चुक्ता गरिसकेका छन् । संस्थापकहरुले ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका हुन् ।

कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये सर्वसाधारणहरुबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्ने छ । मंगलबारसम्ममा सर्वसाधारण शेयरधनीबाट २ अर्ब ८३ करोड अर्थात ५५ प्रतिशत रकम सङ्कलन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रसाद गौतमले बताउ । उनले भने, ‘संस्थापकबाट सतप्रतिशत र सर्वसाधारणबाट ५५ प्रतिशत गरी हालसम्म ७८ प्रतिशत रकम सङ्कलन भइरहेको छ, शेयर भर्ने स्थानहरुमा व्यापक भीडभाड देखिएको छ, बाँकी ६ दिनमा अपेक्षाकृत रुपमै रकम सङ्कलन हुने देखिएको छ ।’ हकप्रद शेयर भर्ने अन्तिम दिन आगामी २२ असोज सोमबारसम्म रहेको छ ।

१० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २÷२ प्रतिशत संस्थापक शेयर रहेको छ । सेयर स्वामित्वअनुसार, प्राधिकरणले ४ अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले २१ करोड १८ लाख/२१ करोड १८ लाख रुपैयाँ हकप्रद शेयर बापतको रकम चुक्ता गरिसकेका छन् ।

कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीहरुको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण शेयर स्वामित्व छ । सर्वसाधारणतर्फबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनुपर्ने छ ।

यसअनुसार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले १ अर्ब ५८ करोड ८५ लाख, दोलखाबासीले १ अर्ब ५ करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीहरुले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीहरुले ३० करोड ४९ लाख ९२ हजार रुपैयाँ हकप्रद शेयरबापत चुक्ता गर्नु पर्ने छ । हकप्रद शेयरबापतको रकम संकलनपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  २ : ५३ बजे

जुम्लाको टम्टी आसपास ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जुम्लामा आज बिहान भूकम्प गएको छ । बिहान

रास्वपा प्रथम महाधिवेशन : पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी

आज निर्जला एकादशी : तुलसीको दल राख्ने विशेष दिन

काठमाडौं । आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी देशभर

फिफाको निलम्बनमा पर्‍यो एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ

म्याग्दीमा पहिरोले इभी पुरिँदा चालकको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा