१६ श्रावण २०८३, शनिबार | August 1, 2026

जितिया पर्व आज सकिँदै



धनुषा । हिन्दू पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज विहान पूरा हुन लागेको हो ।

ज्यातिषशास्त्रअनुसार महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ । यो व्रत बस्दा सन्तान प्राप्तिका साथै सन्तानलाई दुःख, पीडा र समस्याबाट जोगाउँछ भन्ने विश्वास गरिन्छ । जितियालाई जीवितपुत्रिका व्रत पनि भनिन्छ ।

महिलाहरु व्रतको विधि पालना गर्दै बिहीबार नजिकैको पोखरी तथा तलाउमा नुहाएर घिरौलाको पातमा, तोरीको तेल, सिन्दूर, तोरीको पीना (खैर), मेहन्दीको पात, फूलआदि चढाएर विधिपूर्वक नहाय खाय गरेका छन् । उपवासको पूर्वसन्ध्यामा मध्यरातमा खाने खाना दही च्युउरासँगै माछा र मरुवा अनिवार्य खाने चलन छ । शुक्रबार बिहान ४ बजेवाट निराहार बसी शनिबार विहान १० बजेपछि नवमी तिथी प्रारम्भ भएसँगै उपवास तोडेपछि जितिया व्रत सम्पन्न हुने जनकपुरधामकी व्रतालु महिला गीता देवी झाले बताइन ।

थारू समुदायमा विशेष मानिने जितियाको उपवास बस्ने महिलाहरू सन्तान तथा सौभाग्य समृद्धिको निम्ती जिमुतवाहन देवतालाई समर्पण गरी फलफूलले डाली भर्ने कथा सुन्ने गरिन्छ ।

शनिबार विहानै पुनः केराको पातमा दही च्यूउरा, फलफूल चढाएपछि घिरौलाको पातबाट शुरू भएको जितिया केराको पातमा गएर सम्पन गरिने चलन रहँदै आएको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरकी व्रतालु अनिता यादवको भनाइ छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ७ : १८ बजे

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष