३ पुस २०८२, बिहिबार | December 18, 2025

पूर्वमन्त्री जीवनबहादुर शाहीलाई कोरोना संक्रमण, काँग्रेसबाट स्वास्थ्यलाभको कामना



काठमाडौं । पूर्वमन्त्री जीवनबहादुर शाहीलाई कोरोना संक्रमण भएको छ । केही दिन अघि एक प्रदेशसभा सांसदलाई कोरोना संक्रमण भएको खबर प्रकाशित भएको थियो ।

नेपाल काँग्रेसको तर्फबाट कर्णाली प्रदेशमा विपक्षी दलका नेता शाही यतिबेला होम आइसोलेसनमा उपचार गराइरहेका छन् ।

नेपाली काँग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा नेता जीवनबहादुर शाहीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

कोभिड–१९ सङ्क्रमणका कारण शाहीको होम आइसोलेसनमा उपचार भइरहेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् ।

यसैगरी काँग्रेसले मोरङको केराबारी गाउँपालिकामा पार्टीको तर्फबाट निर्वाचित अध्यक्ष रोहितबहादुर कार्कीलाई स्थानीय किशोरसिंह ठकुरीले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको घटनाको भत्र्सना गर्दै खेद प्रकट गरेको छ ।

गम्भीररुपमा घाइते भएका कार्कीको गर्धन र हातमा चोट लागेको र हाल नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको काँग्रेसले जनाएको छ ।

काँग्रेसले एक विज्ञप्तिमार्फत खुकुरी प्रहार गर्ने ठकुरीलाई गिरफ्तार गरी कडा कानूनी कारवाही गर्न माग गर्दै घाइते भएका कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  १० : २५ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन