६ पुस २०८२, आइतबार | December 22, 2025

सिक्किम बाढीमा अहिलेसम्म ४१ को मृत्यु, अझै १०३ जना बेपत्ता



गान्तोक। सिक्किममा आएको बाढीका कारण अहिलेसम्म ४१ जनाको मृत्यु भएको छ ।

करिब १२ सय घर डुबानमा परेका छन् । जबकी १५ सैनिकसहित १०३ जनाको अझै पनि खोजी भइरहेको छ । विपद्को तेस्रो दिन पनि भग्नावशेष र माटोमा फसेका मानिसहरूलाई उद्धार गर्न उद्धार टोली खटिरहेको अधिकारीहरूले बताएका छन्। यस प्राकृतिक प्रकोपमा करिब २५ हजार मानिस प्रभावित भएका छन् ।

इन्डियन एक्सप्रेसले आफ्नो रिपोर्टमा मुख्यमन्त्री पीएस तामाङलाई उद्धृत गर्दै सिक्किममा हालसम्म १९ शव फेला पारेको जनाएको छ । यसबाहेक उत्तर बंगालका तल्लो जिल्लाहरूमा २२ शव भेटिएको अधिकारीहरूले बताएका छन्। उनले २६ जना अस्पतालमा भर्ना रहेको र करिब १५०० जना राहत शिविरमा रहेको बताए ।

सिक्किममा आएको बाढीबाट भारतीय सेनाका जवान पनि प्रभावित भएका छन् । टिस्टा ब्यारेजको तल्लो भागमा बेपत्ता भएका १५ सैनिकको खोजी भइरहेको छ । ती मध्ये सातजनाको शव भर्खरै भेटिएको थियो । सिङताम नजिकै बर्दाङको घटनास्थलमा सेनाका गाडी र पसल खनिएको को छ । खोजी कार्यमा सहयोग गर्न सेनासँग आबद्ध संस्था ट्रिकोलर माउन्टेन रेस्क्यू (टीएमआर) स्निफर डग र विशेष राडारको थप टोली खटाइएको छ।

पश्चिम बंगालको जलपाईगुडी जिल्लाको टिस्टामा तैरिरहेको मोर्टार छोएर दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । यसपछि प्रहरी, सेना र प्रशासनले विज्ञप्ति जारी गरी कुनै पनि विष्फोटक पदार्थ वा सेनाको हार्डवेयर नजिक जान वा छुन निषेध गरेका छन् । साथै त्यस्तो सामग्री देखिएमा नजिकको प्रहरी चौकीमा जानकारी गराउन पनि भनिएको छ ।

यी सबै बाहेक, केन्द्र सरकारले सिक्किमलाई राज्य आपदा राहत कोषबाट ४४.८० करोड भारतीय रुपैयाँ अग्रिम रकम जारी गर्न अनुमोदन गरेको छ। साथै प्रदेशमा भएको क्षतिको विवरण लिन केन्द्रीय टोली समेत गठन गरिएको छ । एजेन्सीहरूले बाढीबाट भएको क्षतिको मूल्याङ्कन गर्न र सडक सञ्जाल पुनर्स्थापना गर्ने योजना बनाउन सर्वेक्षण पनि गरिरहेका छन्। सिंगताम र बुरदाङ बीचको सडक सञ्जाल पनि सुचारु भएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ९ : ३० बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको