५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

हराएकी भनिएकी महिला घरको भकारीभित्र मृत फेला



सुर्खेत । सल्यानको सिद्धकुमाख गाउँपालिका–४ खार्वनमा चार दिनदेखि हराइरहेकी महिला आफ्नै घरमा मृत भेटिएकी छिन्। ४९ वर्षीया गणेशी रोका बिहीबार साँझ आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत फेला परेकी हुन्।

परिवारले गणेशी असोज १५ गते बेलुका घरबाटै हराएको भनेर बताउँदै आएको थियो । चार दिनसम्म सम्पर्कमा नआएपछि गाउँलेले उनको खोजी थालेका थिए।

बिहीबार गाउँले मृतकको घरमा जम्मा भएको वेला घरभित्र शव गन्ध आएको थाहा पाएपछि घरभित्र खोज्दा भकारीभित्र शव भेटिएको बताइएको छ । प्रहरीलाई स्थानीयले खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए।

घटना शंकास्पद रहेको र प्रहरीले अनुसन्धान थालेको श्रेष्ठले बताए। शव पोष्टमार्टममा लागि सल्यान जिल्ला अस्पताल पठाइएको छ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  १२ : ३४ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया